आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आत्मविश्वास बढाउँदै इन्टर मियामी, मेसीको अनुपस्थितिमा महत्वपूर्ण जित

आइतबार, २४ भदौ २०८०, १२ : २७
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । मेजर लिग सकर (एमएलएस) को आफ्नो पछिल्लो खेलमा इन्टर मियामीले महत्वपूर्ण जित हासिल गरेको छ । इन्टर मियामीले आइतबार विहान सम्पन्न खेलमा स्पोर्टिङ कानसास सिटीमाथि ३—२ गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।

इन्टर मियामीले आफ्ना स्टार खेलाडी लियोनल मेसीको अनुपस्थितिमै उक्त जित हासिल गरेको हो । मेसी हाल राष्ट्रिय टोलीबाट खेल्न स्वदेश फर्किएका छन् । मेसीको कप्तानीमा अर्जेन्टिनाले आगामी विश्वकप फुटबलको छनोट प्रतियोगिता खेल्दैछ । 

गत शुक्रबार खेलिएको विश्वकप छनोट खेलमा मेस्सीकै फ्रिकिकको गोलमा अर्जेन्टिनाले इक्वाडरलाई हराएको थियो । विश्वकप छनोटको अर्को खेल अर्जेन्टिनाले बोलिभियासँग खेल्ने कार्यक्रम रहेको छ । मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जितेको थियो ।
 
इन्टर मियामीविरुद्धको खेलमा सुरुआती अग्रता भने स्पोर्टिङले लिएको थियो । खेल सुरु भएको नवौं मिनेटमै ड्यानियल सालोइले स्पोर्टिङका लागि पहिलो गोल गरेका थिए । त्यसपछि खेलको २५औं मिनेटमा लियोनार्दो काम्पानाले इन्टर मियामीका लागि जवाफी गोल गरे । 

पहिलो हाफको खेल सकिनुभन्दा ठिकअघि काम्पानाले नै ब्यक्तिगत रुपमा दोस्रो गोल थपेपछि इन्टर मियामी २—१ ले अगाडि बढेको थियो । निर्धारित समयको ६०औं मिनेटमा इन्टर मियामीका लागि फाकुन्डो फारियसले तेस्रो गोल थपेका थिए ।

यसैगरी निर्धारित समयको ७८औं मिनेटमा स्पोर्टिङका लागि एलन पुलिडोले दोस्रो गोल थपेका थिए । तर, उनको गोलले स्पोर्टिङलाई पराजयबाट जोगाउन सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप