आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैतडीमा बेपत्ता शिक्षकको अवस्था अज्ञात

आइतबार, २४ भदौ २०८०, १४ : ०९
आइतबार, २४ भदौ २०८०

बैतडी । यहाँ १८ दिनदेखि बेपत्ता रहेका एक शिक्षकको अवस्था अज्ञात रहेको छ । यही भदौ ५ गते विद्यालय जान हिँडेका डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहराको अवस्था अज्ञात रहेको हो । 

बेपत्ता शिक्षकको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । उनले भने, “बेपत्ता शिक्षकको खोजीका लागि प्रहरी परिचालन गरेका छौँ, अवस्था अज्ञात छ ।” 

स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गते विद्यालय हिँडेका र घर नफर्केका हुन् । शिक्षक बोहराले लगाएको चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेकाले खोला आसपास क्षेत्रमा प्रहरी परिचालल गरिएको प्रहरी निरीक्षक खत्रीले बताए ।

उनले भने, “खोलामा खसेको हुनसक्ने भनेर गन्नीगाड, चमेलिया, महाकाली नदी आसपासमा प्रहरी परिचालन गरेका छौँ, खोजीका लागि नदी पारी दार्चुला र भारतीय प्रहरीलाई पनि जानकारी गराएका छौँ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप