आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गदर–२ ले बाहुबली–२ को रेकर्ड तोड्यो : सबैभन्दा धेरै कमाउने दोस्रो ठुलो हिन्दी फिल्म बन्यो

आइतबार, २४ भदौ २०८०, १४ : ०२
आइतबार, २४ भदौ २०८०

गदर–२ ले बाहुबली–२ को रेकर्ड तोडिदिएको छ । फिल्मले रिलिजको २९ दिनपछि रेकर्ड तोड्न सफल भएको हो । हालसम्म फिल्मले ५११ करोड भारु कमाएको छ । यसका साथै यो सबैभन्दा धेरै कमाउने दोस्रो हिन्दी फिल्म बनेको छ । 

पहिलो नम्बरमा शाहरुख खानको पठान छ । पठानले ५४३ करोड भारु कमाएको थियो । यो हिसाबले गदर–२ ले पठानको रेकर्ड तोड्न ३५ करोड भारु कमाउनुपर्नेछ । 

hindi movieहिन्दी फिल्म इतिहासको दोस्रो सबैभन्दा ठुलो फिल्म

बाहुबली–२ को हिन्दी संस्करणले ५१०.९९ करोड भारु कमाएको थियो । सन् २०१७ मा रिलिज भएको फिल्मले जुन रेकर्ड बनायो, त्यो पाँच वर्षसम्म तोडिएन । सन् २०२३ मा शाहरुख खानको फिल्म पठान रिलिज भयो । 

यो फिल्मले बाहुबली–२ को रेकर्ड मात्रै तोडेन, यसलाई उछिन्यो पनि । सन् २०२३ मा अर्को एउटा फिल्म रिलिज भयो, यसले बाहुबली–२ को रेकर्ड तोडिदियो । सन्नी देओलको गदर–२ ले २९ दिन भित्रै यस्तो गरेर देखायो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप