आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘जीटीभी–सारेगमपा लिटिल च्याम्प’की विजेता जेट्सनको गोदावरीमा कन्सर्ट

आइतबार, २४ भदौ २०८०, १५ : ०७
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । भारतीय गायन रियालिटी शो ‘जीटीभी–सारेगमपा लिटिल च्याम्प’की विजेता जेट्सन डोना लामाको कन्सर्ट गोदावरीमा आयोजना हुने भएको छ । साधना कला केन्द्रले उनलाई ल्याएर ललितपुरको गोदावरी सनराइज कन्फ्रेन्स हलमा ‘ जेट्सन डोना लामा लाइभ कन्सर्ट इन नेपाल’ गर्न लागेको हो ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच आयोजकले कार्यक्रमको विभिन्न पक्षको जानकारी दिएको छ । 
कार्यक्रममा केन्द्रका अध्यक्ष मिलन मोक्तानले काठमाडौँको कपनमा रहेको बाल अपाङ्ग टेवा संस्थाको सहयोगार्थ कन्सर्ट गर्न लागिएको बताए । ‘बाल अपाङ्ग टेवा संस्थामा आश्रित बालबालिकाहरूलाई विद्यालय जान समस्या भएको पायौँ । ह्वीलचेयरमा उनीहरू विद्यालय जान सक्ने अवस्था देखिएन । यो कार्यक्रमबापत उठेको रकमको केही प्रतिशतले उनीहरूलाई गाडी अथवा भेन किन्ने उद्देश्य हो’, मिलनले भने ।

१२ वटा हिन्दी गीत उनले गाउने कन्सर्टमा नेपालकै १० जना संगीतवादकको सहभागिता रहने बताए । कार्यक्रममा नेपाली अपाङ्ग बालबालिकाहरूले पनि आफ्नो प्रस्तुति दिनेछन् । बाल अपाङ्ग टेवा संस्थाका अध्यक्ष डेन्डी शेर्पाले संस्थाको सहयोगका लागि साङ्गीतिक कार्यक्रम गरिनु खुसीको कुरा भएको बताए । 

आयोजकका अनुसार जेट्सन यही सेप्टेम्बर १७ तारिखमा नेपाल आउनेछिन् । कार्यक्रममा प्रत्यक्ष भिडियो संवादमा बोल्दै गायिका जेट्सनले नेपालमा कन्सर्ट गर्न आउन लाग्दा उत्साहित भएको बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप