आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेप्से सूचक दोहोरो अंकले बढ्यो, १ अर्ब ७ करोडको कारोबार

आइतबार, २४ भदौ २०८०, १५ : १७
आइतबार, २४ भदौ २०८०

काठमाडौं । लामो समयको अन्तरालपछि यो साताको सुरु दिनमा नै नेप्से सूचकमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक १०.२३ अंकले बढ्दै १९ सय ४२.६८ को विन्दुमा उक्लिएको हो ।

आज १ अर्ब ७ करोड २२ लाख १२ हजार रुपैयाँ बराबरको ४३ लाख १४ हजार कित्ता सेयर बजारमा किनबेच भएको नेप्सेले जनाएको छ । 

हाइड्रोपावर समूह बाहेक आज १२ वटा उपसूचक धनात्मक भएका छन् । ट्रडिङ समूहको उपसूचक १.६७ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक १.२७ प्रतिशतले र फाइनान्स समूहको उपसूचक १ प्रतिशतले बढेको छ । अन्य समूहहरूको उपसूचक १ प्रतिशत कमले बढेका छन् । हाइड्रोपावर समूहको उपसूचक भने आज ०.१४ प्रतिशतले घट्न पुगेको छ । 

आज सूर्योदय ओमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने शिवम् पावर लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेको छ । यता हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने आज ७.८१ प्रतिशतले घट्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप