आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बीपी साहित्य महोत्सवमा आज के-के कार्यक्रम हुँदै छन् ?

सोमबार, २५ भदौ २०८०, १० : ३९
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेसले आयोजना गरेको ‘बीपी साहित्य सम्मेलन' अन्तर्गत आज दोस्रो दिनका कार्यक्रमहरू हुँदै छन् । महोत्सवको दोस्रो दिन बिहान ९ बजे ‘वीर गणेशमान’ चलचित्र प्रस्तुत ग गरिएको छ । बिहान ११ बजेपछि एक घण्टा भारतका प्रख्यात प्राध्यापक आनन्दकुमारले ‘मार्क्स, गान्धी एन्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा सम्भाषण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

त्यसको सहजीकरण शंकर तिवारीले गर्नुहुने भएको छ । आजै १२ बजेपछि कांग्रेस महामन्त्री गगन थापाको सहजीकरणमा विज्ञहरू हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झासँग ‘बीपीले नपाएको १५ वर्ष’ विषयमा विचार मन्थन गरिने भएको छ ।

दिउँसो २ बजेपछि भने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्री परराष्ट्रमन्त्रीद्धय डा. नारायण खड्का तथा प्रदीप ज्ञवाली र कूटनीतिज्ञ इन्द्र अधिकारीले ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी’ विषयसँग पत्रकार सुधीर शर्माले छलफल चलाउने छन् ।

आजको अन्तिम प्रस्तुतिको रुपमा साहित्यकारहरू बुद्धि सागर, रामलाल जोशी, सरस्वती प्रतीक्षा, सुविन भट्टराईले ‘युवा स्रष्टामा बीपी पठन’ विषयमा विचार विमर्श गर्ने छन् भने साँझ गजल साँझमा ३० जना गजलकारले गजल प्रस्तुत गर्ने छन् ।

बीपी कोइरालाको ११० औं जन्मोत्सवको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर सानेपा ललितपुरमा हिजोबाट सुरु भई भोली समापन हुने तीन दिने महोत्सवमा १५ शीर्षकमा विचार विमर्श हुने छ । महोत्सव अन्तर्गत डकुमेन्ट्री, कविता, गजल र साङ्गीतिक प्रस्तुतिहरू पनि रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप