आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल लाइफका ४ जना अभिकर्ताले सिंगापुरमा आयोजित कार्यक्रममा सहभागी

सोमबार, २५ भदौ २०८०, १४ : ५०
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । नेपालको प्रतिनिधित्व गर्दै नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका ४ जना एजेन्सी मेनेजरहरु सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्ररेन्समा सहभागी भएका छन् ।  
विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीले आफ्नो कन्फ्रेसन्स सिंगापुरमा भव्यताका साथ सम्पन्न गरेको हो । २७ देखि ३० अगस्ट सम्म चलेको कार्यक्रममा विश्वभरिबाट लगभग ७,५०० जनाको उपस्थिति रहेको थियो । 

नेपाल लाइफ इन्स्योरेन्सबाट नेपाललाई प्रतिनिधित्व गर्दै  कार्यक्रममा  राम चन्द्र गौतम,  रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्र कुमारी बुढाथोकी ज्युले सहभागिता जनाएका थिए । उनीहरुले अन्तर्राष्ट्रिय स्तरमा देशको झन्डा फहराउन पाउँदा आफुलाई निकै गौरवान्वित महसुस भएको र सो   अवसर सिर्जना गरिदिएकोमा नेपाल लाइफ इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप