आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अल्लु अर्जुनको ‘पुष्पा २’ नयाँ वर्षको साउनमा आउने

सोमबार, २५ भदौ २०८०, १८ : ५५
सोमबार, २५ भदौ २०८०

मुम्बई । अल्लु अर्जुन अभिनीत प्रतीक्षित फिल्म ‘पुष्पा २’ १५ अगस्ट २०२४ अर्थात् ३१ साउन २०८१ मा रिलिज हुने भएको छ । निर्माण युनिटले सामाजिक संजाल मार्फत फिल्मको रिलिज मिति घोषणा गरेको हो ।

‘पुष्पा २’ सन् २०२१ मा रिलिज भएको ‘पुष्पा : द राइज’को सिक्वेल हो । ‘पुष्पा’ले दर्शकबाट अपार माया पाएपछि निर्माण युनिटले ‘पुष्पा २’ घोषणा गरेका थिए ।

१५ अगस्ट २०२४ मै अजय देवगण स्टारर प्रतीक्षित फिल्म ‘सिंघम अगेन’ पनि रिलिज हुँदैछ । ‘पुष्पा २’ सुकुमार र ‘सिंघम अगेन’ रोहित शेट्टीले निर्देशन गरेका हुन् । 

‘पुष्पा २’मा अल्लु अर्जुनको अलवा एसपी भंवर सिंह शेखावतको भूमिकामा फहद फासिल र रश्मिका मन्दाना मोलेती श्रीवल्लीको भूमिकामा छिन् । निर्माण युनिटले फिल्ममा रहने रश्मिकाको लुक्स भने अहिलेसम्म सार्वजनिक गरेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप