आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वृहत् नाडा अटो शोको तयारी पूरा, यस्तो छ प्रदर्शनी स्थलको सजावट (फोटो/भिडियोसहित)

सोमबार, २५ भदौ २०८०

काठमाडौँ । १५ औँ संस्करणको नाडा अटो शो, २०२३ को सम्पूर्ण तयारी पूरा भएको छ । मंगलबार अर्थात् भदौ २६ गतेदेखि ३१ गतेसम्म ६ दिन काठमाडौँको भृकुटीमण्डपमा चल्ने अटो शोको सम्पूर्ण तयारी पूरा भएको आयोजक नाडाले जनाएको हो । 

'द बिगेस्ट शो अफ नेपाल' नाम दिइएको अटो शोको मंगलबार अर्थमन्त्री डा. प्रकाशशरण महतले विधिवत् उद्घाटन गर्नेछन् । 

कोभिड–१९ पछि तीन वर्षको अन्तरालमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल अटो शोको आयोजना गर्न लागेको हो । उक्त अटो शोमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे सवारी ब्राण्डसहित अन्य अटो कम्पोनेन्ट, टायर, लुब्रिकेन्ट तथा स्पेयर पार्टस्सहित १२० स्टल रहने आयोजक नाडाले जनाएको छ । जसमा ९ वटा बैंक तथा वित्तीय संस्थाहरुको समेत सहभागिता रहनेछ ।

अटो शोको पूर्वसन्ध्यामा भाग लिने कम्पनीहरुले आफ्नो स्टल झकिझकाउ बनाएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया