आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश : पालिकामा खटाइएका केन्द्रीय नेतालाई प्रशिक्षण दिँदै जसपा

सोमबार, २५ भदौ २०८०, २० : १७
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेश अन्तर्गतका पालिकामा खटाइएका केन्द्रीय नेतालाई प्रशिक्षण दिने भएको छ । 

सङ्गठन विस्तार तथा सुदृढीकरण योजना तर्जुमा बैठकले कोसी प्रदेशका १३७ वटै पालिका गठन, पुनर्गठनका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ ।

जिम्मेवारी प्राप्त केन्द्रीय समितिका सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरूलाई भोलि प्रशिक्षण दिन लागिएको हो । 

इटहरीस्थित पार्टीको प्रदेश कार्यालयमा पार्टीका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् कोसी प्रदेशका इन्चार्ज रकम चेम्जोङ लगायतले प्रशिक्षण दिने  छन् । प्रशिक्षण बिहान ११ बजे सुरु हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप