आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
रुपान्तरण अभियान

लुम्बिनी प्रदेशमा माओवादीको तीन महिने अभियान कसरी चल्दैछ ?

मङ्गलबार, २६ भदौ २०८०, ०८ : २३
मङ्गलबार, २६ भदौ २०८०

बुटवल । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान देशव्यापी रुपमा सञ्चालन गरिरहेको छ । सोही क्रममा लुम्बिनी प्रदेशमा पनि वडा तहसम्म कार्यक्रम सञ्चालन भइरहेको छ । माओवादी केन्द्रका नेताहरू जनतासँग विभिन्न कार्यक्रम लिएर घर–घरमा पुगेका छन् ।

प्रदेशका १०९ स्थानीय तहका ९०० वडामा अभियान चलेको माओवादी लुम्बिनी प्रदेश कार्यालयले जनाएको छ । पार्टीले केन्द्रीय सचिव हितमान शाक्यलाई लुम्बिनी प्रदेश इन्चार्जको जिम्मा दिएर खटाएको छ । शाक्यले लुम्बिनी प्रदेशका विभिन्न ७ वटा जिल्ला पुगेर कार्यक्रम गरेका छन् ।

पार्टीले केन्द्रीय सदस्य, पोलिटव्यूरो सदस्य र प्रदेशका पदाधिकारीहरूलाई आफ्नो भूगोल परिवर्तन गरेर खटाएको छ । प्रदेशमा पार्टीका सदस्य १ लाख २५ हजार पु¥याउने लक्ष्य रहेको लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले रातोपाटीलाई बताए । उनले पार्टी सदस्य वृद्धिसँगै भएका सदस्यहरू शुद्धीकरण पनि गर्नुपर्ने आवाज आएको बताए ।

उनले भने, ‘अहिले हामीले एक लाख १२ हजार पार्टी सदस्य संख्याबाट बढाएर एक लाख २५ हजार पु¥याउने लक्ष्य राखेका छौँ, त्योभन्दा पनि धेरै पु¥याउन सक्थ्यौँ तर हामीले सदस्यको शुद्धता पनि ध्यान दिएका छौँ ।’

पार्टीले के सन्देश दिन सक्छ ?

अहिले ठुला पार्टीका नेतृत्वको सम्बन्ध जनतासँग टुटेको छ । माओवादीलाई पनि त्यो बोध भएर नै अहिले अभियान सुरु गरेको नेताहरु बताउँछन् ।

खासगरी पछिल्लो समय दलहरू सरकार गठन, भागबण्डा केन्द्रित र नेताहरू आफ्नो पद जोगाउन केन्द्रित रहेको अवस्थामा अहिले माओवादीले चलाएको अभियानबाट केही हदसम्म जनताको समस्या बुझ्ने, नेताहरूले जनतालाई भेट्ने काम हुने सो पार्टीका नेता तथा कार्यकर्ताको भनाइ छ ।

13

माओवादी जनयुद्धताकाजस्तै अहिले सो पार्टीका नेताहरु भूगोल परिवर्तन गरेर जनताको घरमै बस्ने र खाने गरेका छन् । जसले गर्दा पुराना कार्यकर्ता तथा जनतासँग भेट्ने अवसर पनि प्राप्त भएको छ । उनीहरूका समस्या बुझ्ने र आत्मीयतामा वृद्धि गरेको छ ।

प्रदेश अध्यक्ष अध्यक्ष बरालले जिल्लामा गएका नेताहरूले पठाएको रिपोर्ट आधारमा पार्टीलाई बलियो बनाउन यो अभियानले महत्त्वपूर्ण साथ दिने छ ।

11

दैनिक जिल्ला–जिल्लाबाट आउने रिपोर्टमा पार्टीले जनताको समस्या उठाउनु पर्ने, सरकारमा हुँदा केही समस्या नदेख्ने तर प्रतिपक्षमा गएपछि जनताका समस्या देख्ने प्रवृत्तिबाट पार्टीलाई माथि उठाउनुपर्ने जस्ता सुझाव हुने गरेको उनले बताए ।

माओवादी यो देशमा परिवर्तनको नेतृत्व गर्ने शक्ति हो भन्ने मान्यतालाई स्थापित गर्न जनताको घर–घरमा पुगेको प्रदेश अध्यक्ष बरालको भनाइ छ ।

कार्यक्रमको मोडालिटी कस्तो ?

लुम्बिनी प्रदेशमा नेकपा एमालेले ग्रासरुट अभियान, नेपाली कांग्रेसले जिल्लामा प्रशिक्षण सम्पन्न गरेको छ । ती दुई पार्टीले भन्दा अहिले माओवादीको तीन महिने अभियान अलि फरक ढङ्गबाट सञ्चालन भएको छ ।

माओवादीले पाल्पाको तिनाउमा सरसफाइबाट आफ्नो अभियान सुरु गरेको थियो । कतिपय ठाउँमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ भने कतिपय ठाउँमा रक्तदान गरेको छ ।

10

यस्तै पार्टी र सरकारको बारेमा जनताको प्रतिक्रिया लिने र सरकारले गरेका कामहरूको व्याख्या गर्ने गरेको छ । विगतमा माथिबाट निर्देशनात्मक भाषण हुने भए पनि अहिले सुरुमा जनताबाट पार्टी र सरकारसँग जोडिएका प्रश्न र सुझाव राख्ने अनि नेतृत्वले जवाफ दिने गरेको अध्यक्ष बरालले बताए ।

यसरी सुरुमा तल्लो तहबाट प्रतिक्रिया लिँदा पार्टीको अधिवेशन, नेताहरूको तल्लो तहका कार्यकर्तासँग सम्बन्ध, सरकारले सुशासनको पक्षमा गरेको कामले पनि जनतामा सकारात्मक सन्देश प्रवाह भएको उनको भनाइ छ ।

कुन जिल्लामा कसको नेतृत्वमा अभियान चल्दै ?

अभियान अन्तर्गत स्थायी समिति सदस्य गणेशमान पुन रुपन्देहीमा खटिएका छन् । यस्तै, हकीकुल्ला खाँ नवलपरासीमा, महेश गहतराज कपिलवस्तुमा, इन्द्रजित थारु पाल्पामा, जोगबहादुर महरा गुल्मीमा खटिएका छन् ।

9

बाँकेमा कुल प्रसाद केसी, बर्दियामा पूर्ण कुमारी सुवेदी, दाङमा जयपुरी घर्ती, प्युठानमा निर्मल आचार्य खटिएका छन् ।

यस्तै रोल्पामा पूर्ण बहादुर घर्ती, अर्घाखाँचीमा वामदेव क्षेत्री, रुकुममा कमला रोकाको नेतृत्वमा प्रदेश, जिल्ला, पालिका, वडा समितिका पदाधिकारी तथा सदस्यहरू जनतासँग प्रत्यक्ष भेटघाटमा खटिएका छन् ।

नयाँ पार्टीको तरङ्गले माओवादीमा कस्तो प्रभाव ?

हालै सम्पन्न निर्वाचनमा नयाँ पार्टीले एक प्रकारको तरङ्ग ल्याएसँगै ठुला तथा पुराना पार्टीको रूपमा चित्रण भएका नेपाली कांग्रेस, एमाले र माओवादीलाई चुनौती थपिएको छ ।

स्थानीय तहको निर्वाचनमा पनि केही पालिकामा स्वतन्त्र उम्मेदवारका रुपमा मेयर र अन्य पदमा निर्वाचित भएका छन् । त्यसबाट ठुला पार्टीमा कार्यकर्ता कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ ।

8

ठुला दलहरू दैनिक सत्ता सञ्चालनमा व्यस्त हुँदा गाउँमा कार्यकताहरुसँग सम्पर्क टुटेको अवस्था छ । जनता र कार्यकर्ता निराश छन् ।

अध्यक्ष बरालले जिल्ला जिल्लाबाट आएको रिपोर्टका आधारमा अहिलेका नयाँ पार्टी पनि पुरानाजस्तै हुँदै जाने संकेत देखिएको भन्दै नयाँ जेनेरेसनले त्यसलाई विकल्पका रुपमा नलिने दाबी गरे ।

यद्यपि, माओवादी पार्टीको संगठनात्मक संरचना, उठाउने मुद्दाहरु, कार्यशैली पुनर्संरचना गर्नुपर्ने उनको ठहर छ । त्यसलाई सकारात्मक चुनौतीको रूपमा आफूले लिएको उनले बताए ।

चन्दा नउठाउने नीति

पार्टीको तीन महिने अभियान अन्तर्गत केन्द्रले चन्दा नउठाउन निर्देशन दिएको छ । उक्त निर्देशन पालना गर्र्दै लुम्बिनी प्रदेशमा कार्यक्रमको खर्च आफैँ व्यवस्थापन गर्ने काम भइरहेको अध्यक्ष बराल बताउँछन् ।

नेताहरू जनतासँग बस्ने, उनीहरूसँगै खाने गरी कार्यक्रम चलिरहेको उनको भनाइ छ । खाना र बस्न जनताले दिए पनि यातायात तथा कार्यक्रम गर्दा चिया बिस्कुट आदिको व्यवस्थापनका लागि केही पार्टी निकट व्यापारी तथा शुभेच्छुकबाट सहयोग प्राप्त भएको माओवादीको लुम्बिनी प्रदेश कमिटीले जनाएको छ ।

33333333333315754 (1)3 (1)1 (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप