आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेम्वाङको निधनबाट नेपाली राजनीतिका लागि ठूलो क्षति भयो : गृहमन्त्री श्रेष्ठ

मङ्गलबार, २६ भदौ २०८०, ०८ : ४२
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट नेपाली राजनीतिमा ठूलो क्षति भएको बताएका छन् । नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न त्रिवि शिक्षण अस्पताल पुगेका श्रेष्ठले नेम्वाङको निधन नेपालको राजनीति र समाजका निम्ति अत्यन्त ठूलो क्षति भएको बताए ।

नेम्वाङ संसदीय अभ्यासमा सिद्धहस्त नेता पनि भएको श्रेष्ठले बताए । ‘कुनै जटिलता आए खोजी गर्ने र निकास दिने गर्नुहुन्थ्यो । पछिल्लो पटक जब मिटरब्याजीसम्बन्धी विधेयक जटिल अवस्थामा पुगेको थियो । त्यसलाई संसदबाट पारित गरेर कानुन बनाउने दिशामा निर्णायक भूमिका खेल्ने काम उहाँबाट नै भएको थियो,’ उनले सम्झिए । 

नेपालको लोकतान्त्रिक परिवर्तनलाई संविधानमा संस्थागत गर्ने भूमिकाका निम्ति नेपाली जनताले  नेम्वाङलाई सदा स्मरण गरिरहने गृहमन्त्री श्रेष्ठले बताए । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गए राति हृदयाघात भएपछि  उपचारका लागि  त्रिवि शिक्षण अस्पताल लगिएकामा राति नै उनको निधन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप