आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिल्म ‘एक भगवत् र एक गीता’ सेन्सर पास

मङ्गलबार, २६ भदौ २०८०, १२ : ५४
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । फिल्म ‘एक भगवत् र एक गीता’ सेन्सर पास भएको छ । नामको विषयमा विभिन्न सङ्घ संस्थाले विवाद निम्त्याएको फिल्म चलचित्र सेन्सर बोर्डले मंगलबार बिहान हेर्दै प्रदर्शनका लागि पास गरेको हो । फिल्मलाई सेन्सर बोर्डले ‘युनिभर्सल’ प्रमाणपत्र दिँदै सबैका लागि खुल्ला गरेको छ । 

फिल्ममा विवाद हुने केही दृश्य नदेखेकोले बिना काटछाट पास गरेको सेन्सर बोर्ड सदस्य ऋषिराज आचार्यले बताए । ‘फिल्मको नामको विवाद मिलिसकेको छ । अन्य विवाद हामीले देखेनौ’ आचार्यले भने ।

फिल्मको नामको विषयमा विभिन्न हिन्दु धार्मिक संस्थाले विरोध जनाएपछि फिल्मको सेन्सर प्रक्रिया केही दिन अगाडि अड्किएको थियो । चलचित्र विकास बोर्डको समन्वयमा धार्मिक संस्थाहरू र फिल्मकर्मीले वार्ताबाट फिल्मको विवाद मिलाएका थिए । 

२९ भदौ अर्थात आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म झरना थापाले निर्देशन गरेकी हुन् । विपिन कार्की, सुहाना थापा, धीरज मगर लगायतको अभिनय फिल्ममा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप