आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने लुम्बिनी  सरकारको निर्णय

मङ्गलबार, २६ भदौ २०८०, १४ : ३७
मङ्गलबार, २६ भदौ २०८०

बुटवल । लुम्बिनी सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मंगलबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

यस्तै बैठकले लोक सेवा कार्यालयका लागि भवन उपलब्ध गराउने, बाढी प्रभावित क्षेत्र बर्दियाका स्थानमा राहत उपलब्ध गराउने, गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा ज्याज गुमाएकालाई राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृह मन्त्री सन्तोष कुमार पाण्डेयले बताए ।  

उनले  प्रदेश सरकारका संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरिएको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप