आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेप्सेमा १९ अंकको गिरावट, म्युचुअल फण्डबाहेक सबै समूहको सूचक ओरालो

मङ्गलबार, २६ भदौ २०८०, १७ : ०६
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.४२ अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से ०.९७ प्रतिशतले घटेर १९ सय ६७ अंकमा आएर रोकिएको हो ।

यसक्रममा आज ३३ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि आएको छ । यस्तै, १९१ वटा कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ । परिसूचक १९ अंकले घट्दा १ अर्ब १३ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख १६ हजार कित्ता सेयर किनबेच भएको छ ।

परिसूचक दोहोरो अंकले घटेपनि शुभव पावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । यसबाहेक सामलिङ पावर कम्पनीको सेयर मूल्य ७.५८ प्रतिशतले बढेको छ । यस्तै, आज थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

आज म्यूचुअल फण्ड समूहको सूचक ०.०४ प्रतिशतले बढेको छ । यसक्रममा अन्य सबै समूहमा गिरावट आएको छ । होटल टुरिजम समूहमा ११० अंकले घटेको छ भने जीवन बीमा समूहमा १०८ अंकको गिरावट आएको छ । यस्तै, निर्जीवन बीमा समूहमा १४९ अंकको गिरावट आएको समेत नेप्सेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप