आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेशनल प्याब्सन काठमाडौँ सचिवमा राजन श्रेष्ठको उम्मेदवारी

मङ्गलबार, २६ भदौ २०८०, २१ : ०५
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय तथा निजी आवासीय विद्यालय एशोसिएसन नेपाल ‘नेशनल प्याब्सन’ काठमाडौँ जिल्ला समितिको सचिवमा राजन श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । 

भदौ २७ गते हुने जिल्ला समितिको आठौँ अधिवेशनमा सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । श्रेष्ठ शैक्षिक क्षेत्रको एक शसक्त युवा अभियान्ताको पहिचान बनाएका छन् । 

श्रेष्ठले काठमाडौँ जिल्ला समितिमा दुई कार्यकाल कार्यसमिति सदस्य भएर काम गरिसकेका छन् । वर्तमान कार्यसमितिमा सचिवालय सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख भएर काम गरिरहेका श्रेष्ठ अघिल्लो कार्यकालमा स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारीमा थिए ।

विगतको अनुभव र विभिन्न पदमा रहेर काम गर्दै आउँदा पाएको अनुभवको आधारमा ‘नेशनल प्याब्सन’ लाई थप प्रभावकारी बनाउने उनको योजना छ । 

मनास्लु वर्ल्ड कलेजको प्रिन्सिपल समेत रहेका श्रेष्ठले अंग्रेजीमा एमफिल सकेर पिएचडी गरिरहेका छन् । 

विभिन्न संघसंस्थामार्फत सामाजिक कार्यमा समेत सक्रिय रहेका श्रेष्ठ नेशनल प्याब्सनमार्फत शिक्षा क्षेत्रमा काम गर्दै आएका छन् । उनले संस्थालाई निकै नै प्रभावकारी बनाउने कार्ययोजनासहित अघि सरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप