आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आइसर ट्रक र बसद्वारा स्कुल बस र सडक सुरक्षा अभियान सफलतापूर्वक सम्पन्न

बुधबार, २७ भदौ २०८०, ०६ : ३१
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । आइसर ट्रक तथा बसद्वारा कक्षा पाँचदेखि माथिका २०० भन्दा बढी विद्यार्थीको सहभागितामा ललितपुरको गोदावरीस्थित वज्र एकेडेमीमा सञ्चालित 'स्कुल बस र सडक सुरक्षा' सचेतना अभियान सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमको उद्देश्य बालबालिकालाई सडक सुरक्षाको महत्वबारे जानकारी गराउनु रहेको थियो ।

आइसर बसहरू प्रभावशाली ४० सुरक्षा सुविधाहरूले सुसज्जित छन्, जसमा अतिरिक्त सुरक्षाको लागि रोल–ओभर परीक्षण, थोरै स्टेपमै सजिलो अनबोर्डिङ, अचानक रोकिनका लागि दाँते गार्डहरू, द्रुत निकासीका लागि दोहोरो आपत्कालीन ढोका र चिप्लो सडकहरूमा स्थिर ब्रेकिङकालागि एन्टी–लक ब्रेकिङ प्रणालीलगायत समावेश छन् । सुरक्षाका यी उत्कृष्ट उपाय र अन्य विभिन्न सुधारहरूले विद्यार्थी यातायात र स्कुल बसहरूको लागि आइसरका ट्रक र बसहरूलाई उच्च विकल्पका रुपमा उभ्याएको छ ।

'मानिसको जीवनमा सडक सुरक्षा सबैभन्दा महत्वपूर्ण कुरा हो । झन् स्कुल बसमा त सडक सुरक्षालाई नकार्नै सकिँदैन । बालबालिकाको सुरक्षा आमाबाबुका लागि सदैव महत्त्वपूर्ण विषय हो । आफ्ना बच्चा स्कुलको यात्रा गर्दा सुरक्षित हातमा होस् भन्ने सबैले चाहन्छन् । सडक सुरक्षा बालबालिकामा मात्र नभएर अन्य जनमानसमा पनि उतिकै आवश्यक छ । सन् १९९६ देखि स्कुल बसको सुरुवात गरेको आइसर बस आफ्नो सुरक्षा सुविधा (अन्तर्राष्ट्रिय सुरक्षामानक बराबर), आधुनिक डिजाइन तथा नयाँ इन्जिनियरिङका लागि चिरपरिचित छ । ४० सुरक्षा विशेषताहरू सहित स्टेट–अफ–द–आर्ट बग्गाडमा निर्मित आइसर बसले बलियो सुरक्षा तथा आरामदायक ड्राइभिङको सुनिश्चित गर्दछ । त्यसैले आइसर सार्वजनिक सवारीका लागि पनि सुरक्षात्मक दृष्टिकोणले अग्रस्थानमा छ'बतास एम ए डब्लुका प्रडक्ट म्यानेजर प्रदीप पौडेलले भने ।

सुरक्षा पहिलो प्राथमिकता, सुरक्षित यात्रालाई पहिलो प्राथमिकता दिने अवधारणाका साथ आइसरले जनचेतनामूलक कार्यक्रम मार्फत सबैलाई सुरक्षित बनाउनका लागि सडक सुरक्षालाई विशेष प्राथमिकता दिइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप