आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टाटा जेनुइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल अनलाइन स्टोर दराजमा उपलब्ध

बुधबार, २७ भदौ २०८०, ०८ : २३
बुधबार, २७ भदौ २०८०

काठमाडौँ ।  टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको एक मात्र आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रा. लि. र नेपालको सबैभन्दा ठुलो अनलाइन स्टोर दराजबीच सहकार्य गर्ने सम्झौता भएको छ  । अनलाइन स्टार दराजमा टाटा जेन्युइन पार्टस र टाटा मोर्टस जेन्युइन आयल उपलब्ध हुन थालेको हो ।

काठमाडौँ स्थित हायात प्यालेस होटेलमा आयोजित एक कार्यक्रममा  सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलको प्रमुख उपस्थिति र काठमाडौँ उपत्यका भित्रका खुद्रा विक्रेताहरू अनि देशभरका टाटा गुरुहरुको उपस्थितिमा सिप्रदी अटोपार्टस् प्रा.लि.का  सिनियर जेनरल म्यानेजर युवराज बुढराथोकी र दराज अनलाइन स्टारका व्यापार अधिग्रहण तथा आवरण प्रमुख नबिन रानामगरबीच सहमति र सहकार्यको सम्झौता भएको हो ।

अब टाटा मोटर्सका ग्राहकहरूले छिटो छरितो र सहज रूपमा टाटा जेन्युइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल खरिद गर्न सक्ने छन् । यसबाट ग्राहकवर्गहरु नक्कली पार्टपुर्जाबाट ठगिन पर्ने अवस्था अन्त्य हुने विश्वास गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप