आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप छनोट फुटबल : अन्तिम समयमा गोल गर्दै ब्राजिलले थप तीन अंक बटुल्यो

बुधबार, २७ भदौ २०८०, १० : ३४
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । विश्वकप छनोट फुटबल प्रतियोगिताको बुधबार सम्पन्न खेलमा ब्राजिलले पेरुमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । खेलको प्रारम्भदेखि नै घरेलु टोली पेरुले ब्राजिललाई चर्को दबाबमा राखेको थियो । 

पाँच पटकको विश्वकप विजेता ब्राजिलले खेलको अन्तिम समयमा गोल गर्दै तीन अंक हात पारेको हो । ब्राजिलका लागि मारक्विनहसले निर्णायक गोल गरेका थिए । २९ वर्षीय मारक्विनहसले निर्धारित समयको अन्तिम समयमा टोलीका लागि गोल गरेका हुन् । उनले स्टार खेलाडी नेमारको पासमा गोल गरेका हुन् ।

दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोट प्रतियोगितामा ब्राजिलको यो लगातार दोस्रो जित हो । ब्राजिल ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । अर्जेन्टिनाले पनि दुबै खेलमा जित हात पारेर ६ अंक बटुलेको छ । 

गोलअन्तरका आधारमा अर्जेन्टिना तालिकाको दोस्रो स्थानम छ । अर्जेन्टिनाले भने बुधबार आफ्नो दोस्रो खेलमा बोलिभियामाथि ३—० गोलको सजिलो जित हासिल गरेको थियो । अर्जेन्टिना विश्वकप फुटबलो साविक विजेता राष्ट्र पनि हो । 

दुई खेल खेलेको कोलम्बिया एक जित र एक बराबरीको नतिजासहित तालिकाको तेस्रो स्थानमा छ । एक जित र एक हारको नतिजा निकालेको उरुग्वे तीन अंकसहित तालिकाको चौथो स्थानमा छ । तीन अंकसहित भेनेजुएला पाँचौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप