आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

५ लाखको बम्पर पुरस्कारसहित बर्जर पेन्ट्स नेपालद्वारा नयाँ अफर घोषणा

बुधबार, २७ भदौ २०८०, १२ : १३
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रा.लि. ले  दशैं र तिहार जस्ता पर्वहरुमा थप रौनक थप्न नयाँ उपभोक्ता योजना, “बर्जर हाम्रो घर हाम्रो शान” ल्याएको छ । यो योजना आफ्नो घरको सौन्दर्यता अभिवृद्धि गर्न केन्द्रित रहेको कम्पनीको भनाइ छ । 

यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले रु. ५ लाखको बम्पर पुरस्कार प्राप्त गर्नुका साथै थप तीनजनाले जनही रु १ लाख र अन्य दशजनाले रु. १०,००० नगद पुरस्कार प्राप्त गर्नेछन् । 

यसबाहेक, यो योजनाले घरधनीहरूलाई इन्टेरियर डिजाइनरबाट निःशुल्क परामर्श सेवाहरू प्राप्त गराई विज्ञको सल्लाह अनुसार आफ्नो घर श्रृंङ्गार्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै, डिजिटल प्रतियोगितामा भाग लिई १०० उत्कृष्ट घरधनीहरूले आफ्नो घरको सुन्दर तस्विर सेयर गरेर जनही रु २५ हजारको नगद पुरस्कार प्राप्त गर्ने मौका पाउने पनि कम्पनीको भनाइ छ । 

यो योजना बर्जर सिल्क ब्रीद इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, वेदरकोट लङ लाइफ, वेदरकोट अल गार्ड फ्लेक्सो र वेदरकोट अल गार्ड जस्ता सिमित बर्जर उत्पादनहरूमा मात्र लागू हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप