आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्यापिनटेडल औषधि तीन ३ महिनाभित्र फिर्ता गर्न विभागको निर्देशन

बुधबार, २७ भदौ २०८०, १३ : ३९
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । औषधि व्यवस्था विभागले अस्पताल फार्मेसी बाहेक खुद्रा औषधि पसलमा बिक्रिवितरण हुन बाँकी रहेका ट्यापिनटेडलका एकल तथा समिश्रण औषधिहरू बिक्री वितरण नगर्न निर्देशन दिएको छ ।

खुद्रा औषधि पसलमा बिक्री वितरण हुन बाँकी रहेका थोक विक्रेतालाई आजदेखि अबको तीन ३ महिना भित्र फिर्ता गर्न निर्देशन दिएको महानिर्देशक नारायणप्रसाद ढकालले बताए ।

यस्तै, उनले ट्यापिनटेडलका एकल तथा समिश्रण औषधिहरू खुद्रा औषधि पसलबाट विक्रि वितरण नगर्न अनुरोध गरे । औषधि सल्लाहकार समितिको २४ साउनमा बसेको ५५ औ बैठकबाट ट्यापिनटेडल एकल तथा समिश्रण औषधिहरू सीमित स्थानहरूबाट मात्र वितरण गर्ने सन्दर्भमा निर्णय गरेको थियो ।

चिकित्सकको प्रेष्किप्सनको आधारमा अस्पताल फार्मेसी (सरकारी तथा निजी) संस्थामा रेकर्ड राखी नियन्त्रण तथा नियमन गर्न औषधि सल्लाहकार समितिले विभागलाई निर्देशन दिएको उनले बताए ।

यो औषधि एकल तथा समिश्रण औषधिहरू अस्पताल फार्मेसीमा मात्र सञ्चय एवं बिक्री वितरण गर्न र मौज्दातको व्यवस्था गर्न समेत विभागले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप