आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

पार्टीका नेताले कसैसँग पैसा मागेको ठोस प्रमाण पेस गरे ७२ घण्टाभित्र कारबाही हुन्छ : रास्वपा (विज्ञप्तिसहित)

बुधबार, २७ भदौ २०८०, १३ : ४५
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित डा.ढाकाकुमार श्रेष्ठले पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर तीन करोड रुपैयाँ माग गरेको भनि दिएको अभिव्यक्तिलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  रास्वपाले बुधबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले कुत्सित मनसायबाट पार्टीका नेताहरूको बदनाम गर्न खोजेको आरोप लगाएको छ ।

साथै अहिले पनि पार्टीका कुनै नेता उक्त प्रकरणमा जोडिएको प्रमाणसहित आएमा ७२ घण्टाभित्र कारबाही गर्ने स्पष्ट पारेको छ । मन्त्री बन्नाउन रास्वपाको कोर टिमले तीन करोड मागेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपश्चात पार्टीले श्रेष्ठलाई निष्कासन गरेको थियो । अहिले फेरि उक्त विषयलाई लिएर श्रेष्ठले विभिन्न सञ्चार माध्याबाट नेताहरूको नाम लिएपछि विज्ञप्ति निकालेको हो ।

के छ ६ बुँदे विज्ञप्तिमा ?  
rswp1rswp2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप