आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसले केन्द्रीय समिति बैठक सार्‍यो

बुधबार, २७ भदौ २०८०, १५ : २५
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन भएको छ । 

असोज २ गते पार्टीको केन्द्रीय कार्यालयमा तय भएको  उक्त बैठक असोज ४ गते दिउँसो १ बजे बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

यसअघि कांग्रेस केन्द्रीय समिति बैठक साउन पहिलो साता बसेको थियो ।

उक्त बैठकमा नै सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने जानकारी दिएका थिए । 

बैठकमा समसामयिक तथा राजनीतिक विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप