आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस नयाँ ढङगले अघि बढ्छ : महामन्त्री शर्मा

बुधबार, २७ भदौ २०८०, २१ : १७
बुधबार, २७ भदौ २०८०

कमलामाई । नेपाली कांग्रेसका महामन्त्री तथा सङ्घीय सांसद विश्वप्रकाश शर्माले कांग्रेस नयाँ ढङ्गले अगाडि बढ्ने क्रममा रहेको बताएका छन् ।

जिल्ला प्रशिक्षण शाखा नेपाली कांग्रेस सिन्धुलीले आज सिन्धुली माडीमा आयोजना गरेको ‘बिपीको प्रजातान्त्रिक समाजवाद : अभ्यास, चुनौती र सम्भावनाहरू’ विषयक अभिमुखीकरण कार्यक्रममा उनले कांग्रेस रूपान्तरित हुँदै गएको बताए ।

“कांग्रेस सङ्लिने बेला हो, तङ्ग्रिने बेला पनि हो । कांग्रेस नवीन ढङ्गले अगाडि बढ्ने क्रममा छ । रूपान्तरित हुँदैछ । अब बलियो भएर देशको नेतृत्व कांग्रेसले गर्छ”, उनले भने ।  

देश रूपान्तरणका लागि कांग्रेसका १५ वर्षे योजना तथा लक्ष्यका बारेमा प्रष्ट्याउँदै उनले सबै नेपालीले आत्मसम्मानका साथ बाँच्न पाउने देश निर्माणमा कांग्रेस जुटेको सुनाए ।

उनले भने, “अबको १५ वर्षमा हामी यस्तो देश बनाउन चाहन्छौँ, जहाँ कसैले पनि विभेदको सिकार हुनु नपरोस्, सबैले आत्मसम्मानका साथ बाँच्न सकुन् ।”

जिल्ला प्रशिक्षण शाखा नेपाली कांग्रेस सिन्धुलीका संयोजक तथा कांग्रेस उपसभापति दीपककुमार घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका २३ जनाभन्दा बढी कांग्रेस नेता, शुभेच्छुकले राखेको सुझाव तथा जिज्ञासालाई पनि कांग्रेस महामन्त्री शर्माले सम्बोधन गरेका थिए । कार्यक्रममा झन्डै आठ सय नेता तथा कांग्रेसका शुभेच्छुकको सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप