आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा हो : रवि लामिछाने

बिहीबार, २८ भदौ २०८०, १५ : ०६
बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा उनले  चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरे ।

लापरबाही र जटिलता आम जीवनले सजिलै छुट्याउन सकिने कुरा नभएको भन्दै उनले कुनै पनि बहानामा हुने यस्ता क्रियाकलापप्रति खेद प्रकट गरे । 

लामिछानेले डाक्टरमाथिको कुटपिटको घटनाबारे गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका छन् । हेटौंडा–१२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै बुधबार चिकित्सकमाथि कुटपिट भएको थियो । 

हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि कुटपिट गर्नेलाई बिहीबार पक्राउ गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप