आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अन्तर पार्टी निर्देशन

यी हुन् एकीकृत समाजवादीका प्रदेश इन्चार्ज र अध्यक्षको जिम्मेवारी पाएका नेता

बिहीबार, २८ भदौ २०८०, १६ : ०६
बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रदेश इन्चार्ज, सहइन्चार्ज तथा अध्यक्षसहितका पदाधिकारी तोकेको छ । अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।  जारी अपानीमा प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवको जिम्मेवारी तोकिएको छ ।

कोशीको इन्चार्ज उपाध्यक्ष घनेन्द्र बस्नेत भएका छन् भने सहइन्चार्ज राजेन्द्र राई, देउमान सम्बाहाम्फे र अध्यक्ष बलदेव चौधरी भएका छन् । त्यसैगरी उपाध्यक्षमा राजन राई, धर्मराज निरौलाले जिम्मेवारी पाएका छन् भने सचिवमा महेश रेग्मी तथा उपसचिवको जिम्मेवारी सरिता थापाले पाएकी छन् । त्यसैगरी मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी केन्द्रीय उपाध्यक्ष धर्मनाथप्रसाद साहले पाउँदा स्थायी कमिटी सदस्य रामप्रित पासवान, रत्नेश्वर गोइत र कल्याणी खड्काले सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

मधेस प्रदेशको अध्यक्ष रामचन्द्र यादव बन्दा स्थायी कमिटी सदस्य लक्ष्मण पौडेल र पोलिटव्युरो सदस्य रामचन्द्र साह तेलीले उपाध्यक्षको भूमिका पाएका छन् । सुधीर साह मधेस प्रदेशको सचिव बनेका छन् भने नारायण आचार्य उपसचिव बनेका छन् । गण्डकीको इन्चार्ज स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङ बनेका छन् । गण्डकीको सहइन्चार्ज शारदा सुवेदीले पाएकी छन् भने अध्यक्ष रामजी शर्मा भएका छन् ।

लुम्बिनीको इन्चार्जमा केन्द्रीय कमिटी सचिव हरि पराजुली मनोनित भएका छन् भने सहइन्चार्जमा पोलिटव्युरो सदस्य निर्मल सुवेदीले जिम्मेवारी पाएका छन् । लुम्बिनीको अध्यक्षमा सोमप्रसाद पाण्डे, उपाध्यक्षमा पिताम्बर भुसाल मनोनित हुँदा केन्द्रीय सदस्य राजु गुरुङ सचिव र उपसचिवमा बृहस्पति अधिकारी र हरिप्रसाद घर्ती चयन भएका छन् ।

केन्द्रीय उपमहासचिव प्रकाश ज्वाला कर्णालीको इन्चार्ज बन्दा पोलिटव्युरो सदस्य चन्द्रबहादुर शही, शेरवहादुर केसी र हंसबहादुर शाही सहइन्चार्ज बनेका छन् । कर्णाली प्रदेशको अध्यक्ष अम्मबरबहादुर थापा चयन भएका छन् । त्यसैगरी सुदूरपश्चिमको इन्चार्ज केन्द्रीय कमिटी सचिव गरिमा शाह बन्दा सहइन्चार्जमा रामकुमार ज्ञवाली, परमानन्द भट्ट, प्रेमबहादुर आले र हनुमान चौधरीले पाएका छन् । त्यस्तै यो प्रदेशको अध्यक्ष केन्द्रीय कमिटी सदस्य हर्कबहादुर सिंह बन्दा उपाध्यक्ष शेरबहादुर कुँवर, सचिवमा दिनेशचन्द्र सुवेदी र उपसचिवमा दीर्घ सोडारी र माया भटट्ले जिम्मेवारी पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप