आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आइसरको ग्राहक भेलामा गाडीको फिचरबारे ब्रिफिङ

बिहीबार, २८ भदौ २०८०, १६ : २९
बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । आइसर ३०१५ जे एचएसडी ग्राहक भेटघाट कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । उक्त भेलामा ५० जनाभन्दा बढी ग्राहकहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ ।  जहाँ सहभागीहरूले आइसर मोडेलका आकर्षक फिचर र सकारात्मक पक्षहरूबारे उत्सुकतापूर्वक जानकारी लिएका थिए ।

भेलाका सहभागीहरूले गाडीको शक्तिशाली इन्जिन, माइलेज र उच्चस्तरीय सुरक्षा सुविधाजस्ता प्रभावकारी फिचरहरूका बारेमा जान्न पाएको कम्पनीको भनाइ छ । 

“नेपालगन्जका हाम्रा ग्राहकहरूको सकारात्मक प्रतिक्रियाबाट हामी साँच्चै खुसी छौँ । सहभागीहरूको उत्साहजनक सहभागिताले आइसरका उत्पादनप्रतिको विश्वास झल्काउँछ । प्रिमियम नेक्स्ट जेनेरेसन लेबल उत्पादन रहेको आइसर बाट तुलात्मक रूपमा ५–८ प्रतिशत अतिरिक्त माइलेज पाउन सकिन्छ । साथसाथै २७ प्रतिशत उकालोमा सजिलै आइसर मोडेलको गाडीले १०.३ टन भार बहन गर्न सक्छ’, बतास एम ए डब्लूका प्रडक्ट  म्यानेजर ठाकुर कुमार गाहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप