आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् चीनमा एसियाली खेलकुद खेल्ने खेलाडीको बिदाइ
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् चीनमा एसियाली खेलकुद खेल्ने खेलाडीको बिदाइ

बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । १९ औँ एसियाली खेलकुद खेल्न चीन जाने नेपाली खेलाडीहरूको बिदाइ गरिएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खेलाडीहरूको बिदाइ गरिएको हो । 

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसियाली खेलका लागि नेपाली खेलाडीलाई चीनमा राम्रो व्यवस्थापन भइसकेकाले चिन्ता नलिन आग्रह गरे । यस्तै उनले खेलाडीलाई घोषणा गरेको पुरस्कार शुक्रवारको मन्त्रीपरिषद् बैठकबाट निकासा हुने बताए । 

उनले देशमा आधुनिक सुविधा सम्पन्न रंगशाला बनाउने, कभर्ड हल बनाउने वा विभिन्न विधाका खेलहरुको निम्ति आवश्यक पर्ने पूर्वाधार निर्माणमा चीन भ्रमणमा खेल क्षेत्रकै प्रगतिका लागि उल्लेख्य पहल गर्ने प्रतिबद्धता जनाए । 

विश्वका ४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरुष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने तय भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया