दुग्ध तथा दुग्धजन्य परिकार विक्री वितरण गर्दा मापदण्ड कायम गर्न काठमाडौँ महानगरको निर्देशन
बिहीबार, २८ भदौ २०८०, १९ : ४७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुल्ला रूपमा दुग्ध तथा दुग्धजन्य परिकार विक्री वितरण नगर्न निर्देशन दिएको छ । बिहीबार एक सूचना जारी गर्दै महानगरले दुग्ध तथा दुग्धजन्य परिकार विक्री वितरण गर्दा मापदण्ड कायम गर्न निर्देशन दिएको हो ।
महानगरका वरिष्ठ पशु चिकित्सक अधिकृत डा। अवधेश झाले सूचना जारी गर्दै खुला रूपमा दुग्ध तथा दुग्धजन्य परिकार विक्री वितरण गर्ने डेरीले खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ अनुसारको मापदण्ड पूरा गर्न निर्देशन दिएका हुन् ।
यस्तै महानगरले दर्ता र नवीकरण नभएका डेरीहरुलाई ३० दिनभित्र आफ्नो व्यवसाय रहेको वडा कार्यालयमा दर्ता गराउन पनि सूचित गरेको छ ।