आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

बिहीबार, २८ भदौ २०८०, २१ : ०४
बिहीबार, २८ भदौ २०८०

आज मिति २०८० साल भदौ महिनाको २८ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–

नेम्वाङको राजकीय अन्त्येष्टि

संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व सुवासचन्द्र नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ अन्त्येष्टिका गरिएको छ । स्वर्गीय नेम्वाङको र पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

स्व नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाए  । यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाए । हृदयघातका कारण बिहीबार नेम्वाङको निधन भएको थियो ।  

शोक प्रस्ताव पारित

संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास चन्द्र  नेम्वाङको निधनमा प्रतिनिधिसभा बैठकले शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

बिहीबार अपराह्न ४ बजे बसेको बैठकमा  सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पेश गरेका थिए । यसैगरी राष्ट्रियसभाले पनि शोक प्रस्ताव पारित गरेको छ ।

कांग्रेस बैठकका एजेण्डा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको एजेण्डा मंसिरमा हुने महासमिति बैठक केन्द्रित हुनेछ । कांग्रेसले असोज ४ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । साउन १० मा केन्द्रीय कार्यसमिति बैठक समापन गर्दै सभापति शेरबहादुर देउवाले असोज २ गते केन्द्रीय समिति बैठक बस्ने जनाएका थिए ।

 

एकीकृत समाजवादीको अपानि

नेकपा एकीकृत समाजवादीले नेताहरुको कार्यविभाजनमा हेरफेर गरेको छ । केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको हो । सो पार्टीले संघीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउने गरी कार्यविभाजन गरेको जनाएको छ । यस्तै केही नेताहरुलाई केन्द्रीय कमिटीसहितका विभिन्न तहमा मनोनयन पनि गरिएको पार्टीले जारी गरेको अपानिमा उल्लेख छ ।

 

चिकित्सकमाथि कुटपिट

हेटौंडास्थित सन्चो अस्पतालका चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरीलाई चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार पक्राउ पर्नेमा अनुप प्रधान, रोहित प्रधान, रमा प्रधान र रमिता प्रधान छन् ।

सुन तस्करी प्रकरण

६० किलो ७ सय १७ ग्राम सुन तस्करीमा संलग्न एक जना चिनियाँ नागरिक भिसा बिना नै नेपाल प्रवेश गरेको खुलेको छ । सुन तस्करीमा संलग्न समूहलाई केन्द्रीय अनुसन्धान ब्युरोले ‘टोखा समूह’ र ‘लाजिम्पाट समूह’मा वर्गीकरण गरेर पहिलो चरणको अनुसन्धान टुङ्ग्याएको छ । टोखा समूह परिचालन गर्ने चिनियाँ तस्कर याओ पुचेङ्ग बिना भिसा नै नेपाल प्रवेश गरेका हुन् । तस्कर समूहमा उनी ‘एलेक्स’ भनेर चिनिन्छन् । 

 

खेलाडीको बिदाइ

१९ औँ एसियाली खेलकुद खेल्न चीन जाने नेपाली खेलाडीहरूको बिदाइ गरिएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खेलाडीहरूको बिदाइ गरिएको हो ।

 

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् ।

यो पनि

भक्तपुर बाल सुधारगृहबाट ल्याइएका १८ मध्ये १५ जना कैदीलाई फिर्ता पठाउने सहमतिपछि वीरगञ्जस्थित बाल सुधारगृहको अवस्था नियन्त्रणमा आएको छ । ३ साताअघि भक्तपुरको बाल सुधारगृहबाट ल्याइएका १८ जना बालकैदी र यहाँ पहिलेदेखि बस्दै आएका कैदीहरूबिच मंगलवार रातभर झडप भएको थियो ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी सचिव राजु गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले आफू स्वतन्त्र वामपन्थी बनेको उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप