आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विद्यालय शिक्षा विधेयकमाथि राय-सुझाव पठाउन नेविसंघको परिपत्र

शुक्रबार, २९ भदौ २०८०, ०७ : ५९
शुक्रबार, २९ भदौ २०८०

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल गरि रायसुझाव पठाउन मातहतका निकायलाई परिपत्र गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बिहीबार जिल्ला समिति, विश्वविद्यालय समिति र क्याम्पस इकाई समितिहरूलाई परिपत्र गरेका हुन् ।

विधेयकबारे नेपाल विद्यार्थी संघ, केन्द्रीय कार्यसमितिले आफ्नो धारणा निर्माण गर्ने हुँदा उल्लेखित विधेयकका सबल एवम् दुर्बल पक्ष, दीर्घकालीन प्रभाव र विद्यार्थी मैत्री भएरनभएको विषयवस्तु समेटेर औपचारिक वा अनौपचारिक छलफल चलाई आ–आफ्नो राय, सुझाव, टिप्पणी, वा धारणा   भदौ ३१ गतेभित्र पठाउन परिपत्रमा भनिएको छ ।

भदौ २७ गते प्रतिनिधि सभामामा शिक्षा मन्त्री अशोक राईले विधेयक  प्रस्तुत गरेका थिए । विधेयकमा भएका केही प्रावधानमाथि आलोचना भइरहँदा नेविसंघले मातहतका समितिमार्फत राय सुझाव संकलन गरेर विधेयकबारे धारणा बनाउन लागेको छ ।

379111252_303408495659744_2364399337069452119_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप