आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
द्वन्द्वका घाउ

‘त्यो बेला लास पनि देख्न पाएनौँ, न सहिदको लिस्टमा नाम, न न्याय’

‘दुल्लूमा नेपाली सेनाको ब्यारेक राखेपछि रातारात भारत पुगेँ’
शुक्रबार, २९ भदौ २०८०, ०८ : ०५
शुक्रबार, २९ भदौ २०८०

सुर्खेत । माओवादी जनयुद्ध सुरु हुँदा दुल्लू नगरपालिका–८, दवारीचाखाका भीम विष्ट जम्मा ६ वर्षका थिए । बाल मानसिकता भएर होला, युद्धबारे उनलाई थाहै थिएन । उनका जेठो दाइ शक्ति भने ०५४ सालदेखि पूर्णकालीन रुपमा युद्धमा सामेल भइसकेका रहेछन् ।

पार्टीमा शक्तिको नाम कमरेड प्रदीप थियो रे । जनमुक्ति सेनामा सामेल शक्ति धेरै लडाइँमा सहभागी बने । युद्धकै क्रममा छाती र खुट्टामा गोली लागेका उनको उपचारको क्रममा दिल्लीमा निधन भयो ।

भारतमै पढाइको क्रममा माओवादको बारेमा जान्ने, बुझ्ने मौका पाएका शक्ति २५ वर्षको उमेरमा युद्धमा होमिएका थिए । ०५१ सालमा उनकी आमा बितिन् । भारतबाट नेपाल फर्किए, र यतै बसे । उनले यो बिचमा बिहे गरे तर, उनको विवाह टुट्यो । माओवादी जनयुद्ध चर्किरहेको थियो । माओवादका विषयमा थोरै पढेका उनी परिवर्तनका लागि युद्धमा होमिएका थिए ।

भीमलाई दाजु शक्तिका बारेमा धेरै कुरा अझै थाह छैन । बुबाले भीमलाई भने अनुसार शक्ति सबैभन्दा पहिला बुटवलको एक मोर्चाका सहभागी बनेका थिए रे । ‘म त सानै थिएँ, पछि सुनेको हो,’ भीम भन्छन्, ‘पहिलो लडाइँ त्यहाँ भएको हो भन्नेमात्र सुनेको थिएँ ।’ तर शक्ति त्यहाँबाट भागेर ज्यान बचाउन सफल भएका थिए रे ।

उक्त टीममा सोही गाउँका तीन जना सहभागी थिए । त्यसपछि शक्ति दैलेखमै खटिए । करिब एक महिना शक्ति जाजरकोटमा बसेको पनि भीमले सुनाए । यद्यपि युद्धमा जनसेनातर्फ शक्ति कुन भूमिकामा थिए भन्ने कुरा भीमलाई थाहा छैन, न उनलाई कसैले भनिदिएका छन् ।

3 bhim

युद्धको बेलामा भीमका माइला दाइ पनि बेपत्ता जस्तै भए । उनी भारत गएका रहेछन् । त्यो बेला माइला दाइको खबर पनि घरमा नआउने गरेको उनले सुनाए ।

घरमा वृद्ध बुबा थिए । बाँकी जिम्मेवारी भीमकै काँधमा थियो । बुबा प्रहरीमा जागिरे भए पनि जागिरमा चित्त नबुझाई ०३३ सालमै राजीनमा दिएर घरमै बसेका । बुबाले भीमलाई जेठो छोराको विषयमा कहिलेकाहीँ सुनाउँथे रे । बुबाको भनाइ सम्झिँदै भीम भन्छन्, ‘दैलेख–कालिकोट सिमानामा भएको एक लडाइँमा दाजुको दुवै खुट्टाको तिघ्रामा गोली लागेको रहेछ, खुट्टामा गोली बोकेर उहाँ घरमा आउनुभयो, रगत बगिरहेको थियो । बुबालाई निकै पीडा भएछ ।’

त्यसपछि बुबाले शक्तिलाई भारततिर जान सुझाव दिएका रहेछन् । तर, शक्तिले देशमा परिवर्तनका युद्धमा सामेल भइसकेको र भारत नजाने भनेर घाइते अवस्थामै संघर्ष गर्दै माओवादी जनयुद्धलाई मलजल गर्न तम्सिरहे । शक्ति भन्थे रे, ‘यो लडाइँ हाम्रो लागि होइन, जनताको लागि हो, जातीय छुवाछुत, वर्गीय विभेदको अन्त्य गर्छौं ।’

शक्ति भारत जान मानेनन् र पार्टीमा सक्रिय भइरहे । भीमलाई मिति ठ्याक्कै थाहा छैन, सायद ०६० सालतिर जाजरकोट वा रुकुममा भएको कुनै लडाइँमा शक्तिको छातीमा एउटा र खुट्टा दुई वटा गोली लाग्यो । पहिले नै गोली लागेर घाइते उनको थप गोली लागेपछि अवस्था गम्भीर भयो । यद्यपि यो विषय त्यतिबेला घरमा थाहा थिएन । ‘म पनि सानै भएकाले तथ्य सबै थाहा भएन, अरुले भने अनुसार मैले सुनेको हो,’ भीम भन्छन्, ‘त्यसपछि पार्टीले नै दिल्लीमा पु¥याएको रहेछ ।’

sahid shakti

नेता, कार्यकर्ताहरु युद्धमा सक्रिय, शक्तिको उपचारमा रेखदेख गरिदिने कोही भएन । गाउँबाट यता–उता जान सकिने अवस्था थिएन । अस्पतालबाट भने शक्तिले एउटा पत्र घरमा पठाएका रहेछन् । अवस्था सुधार भएको र ३-४ महिनामै घर फर्किने बाचा शक्तिले उक्त पत्रमा गरेका थिए ।

तर, ०६१ साल माघ १३ गते शक्तिको मृत्यु भयो । ‘स्वास्थ्य अवस्था बिग्रिँदै गएको रहेछ, स्याहार सुसार गर्ने कोही भएन,’ भीम भन्छन्, ‘दिल्लीमै माइलो बुबाका छोरा थिए, उनले उतै किरिया गरे । यता घरमा मैले र बुबाले किरिया गर्यौँ ।’

२३ कार्तिक ०६१ मा दुल्लू–८ का राजु बज्राचार्यलाई माओवादी कार्यकर्ताले बलजफ्ती वडा जनसरकार प्रमुख बनाइदिए । भोलिपल्ट सदरमुकामबाट सेना दुल्लू पुग्यो । मिलिसियाको पोसाक लगाएका राजु भाग्न खोजे । चिया पसलबाट ओरालो दौडिरहेका बेला सेनाको गोली लागेर राजु ढले र उनको शव सेनाले खाल्डो खनेर गाड्यो ।

भीमका दिदीहरुको बिहे पहिला नै भइसकेको रहेछ । दाइ बितेपछि सबै जिम्मेवारी भीमको काँधमा आयो । त्यहीबेला तत्कालीन सरकारले दुल्लूमा नेपाली सेनाको क्याम्प राख्यो ।

‘त्यो बेला कसैले केही सल्लाह पनि दिएनन्, पार्टीले पनि हेरेन, नाबालक म, जेठो छोरा बितेको वियोगमा बुबा, हामी निकै कठिन अवस्थामा बसिरहेका थियौँ,’ उनी भन्छन्, ‘सेनाको ब्यारेक मेरो घरको नजिकै छ ।’

त्यो ब्यारेक राखिसकेपछि माओवादी समर्थित जनतामा झन त्रास बढेको उनले सुनाए ।

२३ कार्तिक ०६१ मा दुल्लू–८ का राजु बज्राचार्यलाई माओवादी कार्यकर्ताले बलजफ्ती वडा जनसरकार प्रमुख बनाइदिए । भोलिपल्ट सदरमुकामबाट सेना दुल्लू पुग्यो । मिलिसियाको पोसाक लगाएका राजु भाग्न खोजे । चिया पसलबाट ओरालो दौडिरहेका बेला सेनाको गोली लागेर राजु ढले र उनको शव सेनाले खाल्डो खनेर गाड्यो ।

सेनाले यो नखोतल्नु, लाससँगै बम छ भनेर नागरिकमा त्रास फैलायो । लास निकाल्न कसैले आँट गरेन् । स्थानीयले माओवादीलाई गुहारे । तर, माओवादी पनि शव उत्खननका लागि तयार भएन । चार दिनपछि स्थानीय र आफन्तले लास निकाले तर त्यहाँ बम भेटिएन । दाहसंस्कारका लागि पादुका खोला लैजाँदै गर्दा माओवादीले रोक्न खोजे । माओवादीबाट क्रुद्ध भएका जनता माओवादी विरुद्ध उत्रिएर लखेटे । त्यहीँबाट नै माओवादी विरुद्ध ‘दुल्लू विद्रोह’ भएको थियो, जसको इफेक्ट हेडक्वार्टरसम्मै परेको थियो ।

माओवादीविरुद्ध जनता उत्रिएको यो घटना नेपालमै पहिलो थियो । जसको रिपोर्ट विदेशी न्यूज च्यानल ‘अलजजिरा’ले समेत प्रसारण गरेको थियो । त्यसपछि तत्कालीन १३ वटा गाविसमा माओवादीविरुद्ध जनता उत्रिए, ठुलो आन्दोलन भयो । माओवादी विरुद्ध जनता जागेपछि दुल्लू विद्रोहको खबर देशभर फैलियो । राज्यको ध्यान त्यहाँ केन्द्रित भयो ।

तत्कालीन गृहमन्त्री (अहिले रक्षामन्त्री) पुर्णबहादुर खड्काले नागरिकको सुरक्षाका लागि दुल्लुमा सेना राखे । जुन स्थानीयका घरहरु विस्थापित गरेर राखिएको थियो । अहिले पनि उक्त ब्यारेक त्यहीँ छ । दुल्लू विद्रोहले माओवादीलाई लज्जित गरायो । उक्त घटनापछि माओवादीले जनताप्रति नरम रुपमा प्रस्तुत हुने नीति अपनायो । नेतृत्वको कमजोरी भएको भन्दै हेडक्वार्टरबाटै खगेन्द्र सेनलाई एक स्टेप डाउन गर्दै राजकुमार शर्मालाई दैलेख जिल्ला इञ्चार्ज बनाइयो । शर्मा अहिले कर्णालीको मुख्यमन्त्री छन् ।

सेना त्यहाँ बसेपछि माओवादी समर्थित, त्यसमा पनि माओवादी सदस्य नै भएको परिवारलाई ठुलै डर भयो । अझ भीमको घर नजिकै थियो ब्यारेक । सेनाले उनको घरमा गएर केरकार गर्न सुरु ग¥यो । शक्तिले एउटा हतियार ल्याएर घरमा छाडेका रहेछन् । ‘त्यसले हामीलाई झन डर भयो, हतियारलाई मैले जमिनमा गाडेँ र बुबालाई रातारात बजारतिर राखेँ, अनि म बिहान ४ बजे झोला बोकेर भारततिर लागेँ ।’

स्थानीयले कतै सुराकी गरिदिन्छन् कि भन्ने डर भीममा थियो । ‘भारत नगई नहुने परिस्थिति भयो, कतै मान्छेहरुले सुराकी गरेर फलानाको परिवारबाट एक जना माओवादी थियो भन्दिन्छन् कि भन्ने लाग्यो,’ भीमले भने, ‘दाइलाई त गुमाइयो, आफू बच्नुप¥यो भन्ने उद्देश्यसहित बृद्ध बुबालाई छाडेर म पनि रातारात भारतिर लागेको थिएँ ।’

भीम उतै बसे । ०६५ मा बुबाको मृत्यु भएपछि मात्रै उनी गाउँ फर्किए । घरमाथिको स्थानीय पौवा बजारमा बुबाले सानो खुद्रा पसल गर्थे । निधनपछि भारतमै रहेका उनका माइला दाइ पनि आए । यद्यपि व्यवस्था परिवर्तनका लागि लडेका उनका दाइ शक्ति भने अहिलेसम्म पनि सहिद घोषणा हुन सकिरहेका छैनन् ।

सोही क्षेत्रको नेतृत्व गरेका शर्मा अहिले कर्णाली सरकारको मुख्यमन्त्री छन्, माओवादी नेतृत्वकै सरकार छ । दुल्लू जस्तो ठाउँबाट माओवादी जनयुद्धलाई मलजल गरेका शक्ति विष्टहरुले गरेको बलिदानीले आज देश गणतन्त्र हुँदै संघीयतामा आयो । यद्यपि न शक्ति सहिदको लिस्टमा छन्, न परिवारले राज्यबाट पाउनुपर्ने राहतका कार्यक्रम नै पाएका छन् ।

यही कुरा भीमले केहीदिन अघि दुल्लू पुगेका कार्यवाहक मुख्यमन्त्री मंगलबहादुर शाही समक्ष राखेका थिए ।

‘मेरो कुरा सुनिदिने कोही भएन’

शान्ति प्रक्रियापछि द्वन्द्वपीडितका लागि विभिन्न कार्यक्रम आए । तर, शक्ति अहिलेसम्म आधिकारिक रुपमा द्वन्द्वपीडितको लिस्टमा सामेल हुन सकिरहेका छैनन् । भाइ भीम भन्छन्, ‘आमा चाँडै बित्नुभयो, दाइ पनि बित्नुभयो, २० वर्ष नपुग्दै बुबाले पनि छाडेर जानुभयो, परिस्थिति नाजुक बन्यो । आफ्नै पौरख गरेर अघि बढ्नुपर्छ भनेर होमिएँ ।’

द्वन्द्वपीडितलाई राज्यले सहयोग गर्छ भन्ने कुरा पनि उनले निकै पछि थाहा पाए । ०७० सालको संविधानसभाको निर्वाचनमा माओवादीका तर्फबाट थीरबहादुर कार्की उम्मेदवार थिए । उनी दुल्लू विद्रोह हुनु पहिला जनसरकार प्रमुख थिए । कार्कीले नै भीमलाई शक्तिको बारेमा भनेपछि मात्रै द्वन्द्वपीडितको विषयमा राज्यले गर्नुपर्ने दायित्वको विषयमा उनले बुझेका रहेछन् । उनीसँग सहयोगका लागि भीमले कुरा राखे । तर, सुनुवाइ भएन ।

अघिल्लो वर्ष सहिदको सूचीमा छुटेकाहरुको नाम ल्याउन भनेपछि भीमले सबै प्रक्रिया पूरा गरे । तर, ०७९ चैतमा राजपत्रमा प्रकाशित जनयुद्धका सहिदको लिस्टमा शक्ति परेनन् ।

नेकपा माओवादी केन्द्र दैलेखका सचिव टेकबहादुर खड्का सुरुमा वकालत गरिदिने व्यक्ति नभएका कारण सहिदको लिस्टमा पार्न नसकिएको बताए । जिल्लामा पहिला शान्ति समिति थियो । शक्तिको नाम त्यसमा समावेश नै भएन । अहिले अन्य द्वन्द्व पीडितले राहत पाइसके ।

जनयुद्धमा दुल्लूका २४ जनाले ज्यान गुमाएका छन् । तर, शक्ति भने अझै सहिदको लिस्टमा अटाएका छैनन् ।

भीमलाई प्रक्रियाबारे थाहा छैन । तर, माओवादी नेताहरुले सहयोग गर्छु भनेर पनि सहयोग नगरेको गुनासो उनको छ । ‘मेरो दाजुले देश परिवर्तनका लागि ज्यानको आहुति दिनुभयो, मेरो दाइलाई सहिदको लिस्टमा समावेश गरिदिन मैले कसलाई गुहारिन ?’ उनी भन्छन्, ‘तर, कसैले सुनुवाइ गरेनन् ।’ आफूलाई अरु केही नचाहिएको प्रस्ट पार्दै भीम भन्छन्, ‘दाजुलाई सहिदका रुपमा सम्मान दिए पुग्छ, हामीलाई पनि त न्याय पाएको अनुभूति हुनुप¥यो ।’

नेकपा माओवादी केन्द्र दैलेखका सचिव टेकबहादुर खड्का सुरुमा वकालत गरिदिने व्यक्ति नभएका कारण सहिदको लिस्टमा पार्न नसकिएको बताए । जिल्लामा पहिला शान्ति समिति थियो । शक्तिको नाम त्यसमा समावेश नै भएन । अहिले अन्य द्वन्द्व पीडितले राहत पाइसके ।

द्वन्द्वमा मृत्यु भएकाहरुले यसअघि नै १० लाख रकम पाइसकेका छन् । अहिले प्रदेश सरकारले मासिक दुई हजारका दरले रकम दिएको छ । अन्य द्वन्द्वपीडितहरुले राहत रकम बुझिसक्दा भीम भने त्यसबाट छुटेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप