आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘विद्यालय शिक्षा ऐन २०८०’ को विधेयकमाथि सांसद्हरूले मागे सुझाव

शुक्रबार, २९ भदौ २०८०, १० : ५५
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । ‘विद्यालय शिक्षा ऐन २०८०’ को विधेयक संसदमा दर्ता भएसँगै सांसद्हरू सक्रिय भएका छन् । उनीहरूले सार्वजनिक रूपमा विधेयकमाथि थपघट गर्नुपर्ने (संशोधन) विषयमा सार्वजनिक रूपमा सुझाव माग्न थालेका हुन् ।

विधेयकका विषयमा चौतर्फी चासो बढेपछि सांसद्हरूले सुुझाव माग्न थालेका हुन् ।  पूर्व शिक्षामन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले मेलमार्फत सुधार गर्नुपर्ने विषय भए पठाउन अनुरोध गरेका छन् ।

उनले शिक्षाविद्, प्राध्यापक, शिक्षक, विद्यार्थी लगायतका सरोकारवालाहरूले आफ्नो सुझाव मेलमार्फत पठाउन सकिने बताएका हुन् ।

उनले आफ्नो मेल आईडी मा [email protected] सुझाव पठाउन अनुरोध गरेका छन् ।  त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डाक्टर तोसिमा कार्कीले समेत विधेयकमाथि आवश्यक सुझाव दिन आग्रह गरेकी छन् ।

सरोकारवालामार्फत सुझाव तथा सल्लाहहरू गुगल फारममार्फत दिन अनुरोध गरेकी हुन् । उनीहरूले शिक्षा समितिमा छलफल गर्ने भन्दै सुझाव माग गरेका हुन् ।  त्यस्तै विद्यार्थी संगठनहरूले समेत आफ्नो धारणाा बनाउने भन्दै सुझाव माग गर्दै आएका छन् ।

नेविसंघले विद्यालय शिक्षा ऐन २०८० को विधेयकमाथि धारणा बनाउनुपर्ने भन्दै मातहतका निकायहरूलाई परिपत्र गर्दै राय सुझाव माग गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप