आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो, चाँदीको कति ?

शुक्रबार, २९ भदौ २०८०, ११ : १६
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले बढ्दै १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको हो । 

यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।  यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा १० रुपैयाँले बढ्दै आज प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप