आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कल सेन्टर सञ्चालन गरी रकम असुली गर्ने व्यक्ति पक्राउ

शुक्रबार, २९ भदौ २०८०, १६ : ५२
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । कल सेन्टर संचालन गरी रकम असुली गर्ने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

किर्तिपुर नगरपालिकास्थित पाँगा एरियामा डेरा कोठाबाट गैर कानुनी रुपमा कल सेन्टर संचालन गरिरहेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोकका मिलन थापालाई पक्राउ गरेको हो । 

उनको साथबाट ३ हजार ७०० थान  एनसेलको सिकार्ड, २३ थान ल्यापटप र  बिभिन्न ब्यक्तिहरुको नागरिकता २७ थानसहित पक्राउ गरी अनुसन्धान कार्य भई रहेको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप