आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिल्म ‘चित्रा’को छायांकन सुरु

शुक्रबार, २९ भदौ २०८०, १९ : ४१
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । घनश्याम लामिछानेको निर्देशन रहने फिल्म ‘चित्रा’को छायाँकन सुरु भएको छ । शुक्रबारदेखि फिल्मको छायांकन पोखरामा सुरु भएको निर्माता सन्तोष अधिकारीले जानकारी दिए ।

सन्तोष अधिकारी फिल्मस्को ब्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण रहने फिल्ममा आगामी पुस २७ गते रिलिज हुनेछ ।

फिल्ममा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, शुभेच्छा खड्का, सिम्रन खड्का, आयुशी ढकाल, कपिल शर्मा, कुमार गुरुङ, श्यामसुन्दर कार्की, गीता थापा, उज्ज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय रहनेछ ।

जागिरबाट रिटायर्ड बाबु र छोरीको कथालाई प्रस्तुत गर्ने फिल्म पोखरापछि घाचोकमा छायांकन हुनेछ । आशिष् थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहने ‘चित्रा’ फिल्ममा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद छ । प्रवीण सिंहको नृत्य, सम्राट बस्नेतको द्वन्द्व, महेश पौडेलको छायांकन फिल्ममा रहनेछ । 

फिल्ममा राजन राज सिवाकोटीको गीत संगीत रहनेछ । केदार पराजुली (श्री कृष्ण फिल्मस्) ले फिल्मको नेपाल अधिराज्यभरको वितरण जिम्मा लिएको छ। फिल्मको अस्ट्रेलिया अधिकार अविनाश रोका मगरले लिइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप