आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा सम्भोता–भोटी लिपि सम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी

शुक्रबार, २९ भदौ २०८०, २१ : ५८
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । काठमाडौँमा सम्भोता–भोटी लिपि सम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी तथा कार्यशाला आयोजना गरेको छ । काठमाडौँस्थित भारतीय राजदूतावास, बीपी कोइराला भारत–नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासंघले संयुक्त रुपमा नेपाल कला परिषद्मा सो आयोजना गरेका हुन् । 

कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी, नेपाल बौद्ध महासंघका अध्यक्ष कमल भण्डारी र बौद्ध दर्शन प्रवर्द्धनका अध्यक्ष गेशे थुप्तेन जिक्डोलले संयुक्त रुपमा गरे। 

सिक्किमबाट आएका क्यालिग्राफर जाम्याङ दोर्जीले बौद्ध मन्त्रहरूको सुलेखन प्रयोग गरेर कोरिएका ४० भन्दा बढी क्यालिग्राफिक चित्रहरू प्रदर्शनीमा राखिएका छन् ।  

राज्यमन्त्रीले संस्कृति र परम्परा राष्ट्रको मुटु र आत्मा भएको उल्लेख गरिन् । । उनले नेपाल र भारतको लागि बौद्ध धर्म एक साझा धागो भएको बताइन् । जाम्याङ दोर्जीले भारत र नेपालको हिमाली क्षेत्रमा भोटी लिपिको अझै पनि प्रयोग भइरहेको उल्लेख गरे । उनले नेपालमा शताब्दीयौंदेखि पवित्र र महत्त्वपूर्ण बौद्ध साहित्य लेखनमा प्रयोग हुँदै आएको रञ्जना लिपिको पनि आफ्नो समृद्ध परम्परा रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप