आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

शनिबार, ३० भदौ २०८०, ०७ : ०५
शनिबार, ३० भदौ २०८०

मकवानपुर । बागमती प्रदेशसभा आज बस्दै छ ।  बिहान ११ बजे बैठक बस्ने बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । 

शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै बैठक शनिबारका लागि सारिएको थियो। सचिवालयका अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले विशेष कारणले शुक्रबारको बैठक चल्न नसक्ने र शनिबारका लागि बैठक बोलाउन निर्देशन दिएका थिए । सोही अनुसार सचिवालयले सूचना जारी गर्दै प्रदेशसभा बैठक सरिएको सचिवालयका प्रवक्ता मनोज गुप्ताले बताए । 

सचिवालयका अनुसार आजको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विद्येयकहरुलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ । प्रदेशसभामा पेस भएका विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८० र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि दफावार छलफल तथा संशोधनका लागि समितिमा पठाइने छ ।

यसअघि भदौ २४ गते बसेको प्रदेशसभा बैठकमा सो विधेयकहरू पेस भई सैद्धान्तिक छलफल भएको थियो ।

बैठकमा शोक सभा समेत रहने प्रवक्ता गुप्ताले बताए । संविधान सभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङको निधन प्रती शोक प्रस्ताव पारित गर्दै शनिबारको बैठक स्थगित हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप