आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मिलनको एकै पल्टमा सुशान्त र साक्षीको रोमान्स

शनिबार, ३० भदौ २०८०, ०८ : ४७
शनिबार, ३० भदौ २०८०

काठमाडौँ । गायक आनन्द कार्की र गायिका मिलन नेवारको स्वर रहेको नयाँ गीत ‘एकै पल्टमा’ सार्वजनिक भएको छ । गायक कार्कीकै अफिसियल च्यानलबाट आएको गीतमा प्रकाश पुञ्जको शब्द र शिखर सन्तोषको सङ्गीत रहेको छ । गीतको एरेन्ज फणीन्द्र राईले गरेका हुन् ।

गीतको भिडियोमा सुशान्त ढकाल र साक्षी लम्सालको अभिनय छ । एक प्रेमील जोडीको यात्राको क्रममा देखभेट पछि झाँगिँदै गएको प्रेम भिडियोमा देखाउन खोजिएको छ । भिडियो सुब्रत आचार्यले निर्देशन गरेका हुन् ।

दिनेश पराजुलीको छायाङ्कन रहेको भिडियो विष्णु खड्काले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप