आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सङ्लिँदै काठमाडौँका पानीका मुहान (तस्बिरहरू)
प्रकृति

सङ्लिँदै काठमाडौँका पानीका मुहान (तस्बिरहरू)

शनिबार, ३० भदौ २०८०

काठमाडौँ । काठमाडौँमा पानीको अभाव कस्तो छ भन्ने कुरा काठमाडौँवासी हरेक नागरिकलाई थाहा छँदै छ । यसको व्याख्या गरिरहनु आवश्यक पर्दैन । पानी किन्न समेत भनेको बेलामा पाइँदैन । अझ पानीका ट्याङ्कर छिर्न नसक्ने गल्लीमा रहेका घरहरूमा पानीको कस्तो समस्या होला ? यो हामीले कल्पना गर्दा नै पुग्छ । 

अभावका साथसाथै सफा पानी पाउनका लागि काठमाडौँबाट उपत्यकाका बस्ती छोडेर काँठ क्षेत्रमा प्रवेश गर्नुपर्छ । काँठ क्षेत्रमा पानीका मुहानहरू सहरी बस्तीमा पाइने पानी भन्दा सफा र स्वच्छ छन् । तर त्यहाँ पनि घुम्न जाने पर्यटकहरूले आफूले गरेको फोहोर सफा नगरिदिँदा बिस्तारै प्रदूषण बढिरहेको छ । 

काठमाडौँको सहरी बस्तीबाट केही टाढा रहेको सुन्दरीजलस्थित बागमती नदीको मुहान, भक्तपुरको मुहान पोखरी, ललितपुरको कर्मनासा झरनाको मुहान, काठमाडौँ बैडेश्वर झरनाको मुहान, ललितपुरको बाँडेगाँउको झरनाको मुहान काठमाडौँ टोखास्थित झरनाको मुहान, भक्तपुरको खरिपाटीमा रहेको झरनाको मुहान साँच्चिकै सफा र स्वच्छ छन् । 

काठमाडौँमा यति स्वच्छ र सफा पानीका मुहान सायदै अन्त पाइएला । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका काठमाडौँका सफा र स्वच्छ पानीका मुहानका तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया