आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
डाक्टरमाथि कुटपिट

चिकित्सकको प्रश्न : उपचारको लागि औजार बोक्ने कि सुरक्षाका लागि हतियार ?

शनिबार, ३० भदौ २०८०, ११ : ३८
शनिबार, ३० भदौ २०८०

मकवानपुर । हेटौँडामा डाक्टरमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले शनिबार बिहान बागमती प्रदेशसभा भवन अगाडि विरोध प्रदर्शन गरेका छन् । प्लेकार्ड बोकेर जम्मा भएका चिकित्सकहरूले सुरक्षा माग गर्दै घटनाका दोषीमाथि कडा कारबाहीको माग गरेका हुन् ।

विरोध प्रदर्शनमा पुगेका चिकित्सकहरूले अब त अति भो, स्वदेशमा उपचार सेवा गर्नुभन्दा खाडी बेस हो ?, उपचारका लागि औजार बोक्ने कि सुरक्षाका लागि हतियार, सुरक्षा नपाएसम्म सेवा नदिनेजस्ता प्लेकार्ड बोकेका थिए ।

गत भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तले अस्पतालमा नै साङ्घातिक आक्रमण गरी घाइते बनाएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार डाक्टर कुटपिट घटनामा संलग्न चार जनालाई ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । पक्राउ पर्नेमा पदमपोखरीका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधान रहेका छन् ।

hetauda doctor protest (1)hetauda doctor protest (2)hetauda doctor protest (3)hetauda doctor protest (4)hetauda doctor protest (5)hetauda doctor protest (6)hetauda doctor protest (7)hetauda doctor protest (8)hetauda doctor protest (9)hetauda doctor protest (10)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप