आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन् नेपाल लाइफ इन्स्योरेन्स द्वारा १४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

शनिबार, ३० भदौ २०८०, ११ : ४९
शनिबार, ३० भदौ २०८०

लमजुङ । सन् नेपाल लाइफ इन्स्योरेन्स शाखा लमजुङद्वारा ३६ वर्षीय मृतक ज्ञानबहादुर भुजेल (बीमित) को परिवारलाई १४ लाख रुपैयाँ बराबरको मृत्यु दाबी बीमा भुक्तानी गरेको छ । शुक्रबार दिउसो जिल्लास्थित सुन्दरबजार नगरपालिका वडा नं। ७ को वडा कार्यालयमा एक कार्यक्रमका बीच वडाध्यक्ष जयराम रेग्मी, सो इन्स्योरेन्सका शाखा प्रमुख सुमित्रा बस्नेत दनाईले संयुक्त रुपमा मृतकका श्रीमती गोमा भुजेललाई उक्त बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त चेक हस्तान्तरण गर्दै वडाध्यक्ष रेग्मीले सबै नागरिकले बिमा गर्नुपर्ने अवधारण विकास गर्दै चेतना फैलाउन आवश्यक रहेको बताए । त्यस्तै उनले मृतक भुजेल परिवारमा घटेको घटनाले सबैलाई दुखित बनाएको बताउँदै यस दुखद घडीमा  बिमा कम्पनीले केही मात्रमा भए पनि मृतक परिवारलाई मलमपट्टि लगाएको भन्दै यस कम्पनीलाई धन्यावाद समेत व्यक्त गरे । 

उक्त इन्स्योरेन्स कम्पनीमा सुन्दरबजार नगरपालिका –७ बडरेगाउँ घर भएका मृतक भुजेलले म्यादी जीवन बिमा योजना अन्तर्गत जीवन बिमा गरेका थिए । 

सो बिमा रकम, किरिया खर्च, मृतक भुजेलको शव नेपाल ल्याउने लगायतका गरी १४ लाख रुपैयाँ रकम मृतकका परिवारलाई बुझाएको कम्पनीले जनाएको छ । यस  इन्स्योरेन्स कम्पनीका प्रमुख बस्नेत दनाईका अनुसार विसं। २०७९ साउन ८ गते रोजगारीको सिलसिलामा साउदी गएका मृतक भुजेल विसं।२०७९ माघ २३ गते अचानक आफ्नै कोठामा मृत्यु भएको थियो । मृतक भुजेलको एक श्रीमती, दुई छोरा र एक छोरी रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप