आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

म अगति परे

शनिबार, ३० भदौ २०८०, १२ : ०८
शनिबार, ३० भदौ २०८०

मरेनन् मृगतृष्णाहरू 
मरेनन् लोभ लालच
मरेनन् ती ईर्ष्या डाहा 
मरेनन् कामभाव पनि ।

मरेनन् षड्यन्त्र जाल 
मरेनन् झुट र फरेब 
मरेनन् मनका शकुनीहरू
मरेनन् अहम् र घमण्ड ।

मरेनन् मनका दुष्टता 
मरेनन् ढोङ, पाखण्ड 
मरेनन् ती पातकिपट 
मरेनन् पाप र अधर्म

ती केही नमरीकनै म मरे 
म अगति परे ।। 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रह्लाद ढकाल
प्रह्लाद ढकाल
लेखकबाट थप