आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बजार

सातामा प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य

शनिबार, ३० भदौ २०८०, १२ : ३७
शनिबार, ३० भदौ २०८०

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्ययवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा तोलामा ५०० रुपैयाँले सुनको मूल्य घटेको हो ।

महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा ५०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँमा आइपुगेको छ ।

यस्तै, गत साताको शुक्रबार तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य यो साता १ लाख ११ हजार २५० रुपैयाँ छ ।

यसबाहेक, यो साता चाँदीको कारोबार मूल्य भने स्थिर कायम छ । गत साताको शुक्रबार तोलामा १३ सय ९५ रुपैयाँ रहेको चाँदी यो साताको शुक्रबार समेत सोही मूल्यमा कारोबार भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप