आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
लघुकथा

अपाङ्ग

शनिबार, ३० भदौ २०८०, १३ : ५४
शनिबार, ३० भदौ २०८०

‘ल है, दिदी बहिनी हो । भोलि दर खाने निमन्त्रणा छ  ।’ सिमरनले फोनबाटै धमाधम निमन्त्रणा बाँडिन् ।

लाखौँको भोज आयोजना भयो । भव्य पार्टी आयोजना गरियो । गन्यमान्य नेता पुगे । मासुदेखि मदिरासम्म व्यवस्थापन थियो । ठुलो होहल्ला मच्चिएपछि नजिकैको वृद्धाश्रमबाट वृद्धहरूले चिहाए । अर्को छेउको अपाङ्ग आश्रमबाट अपाङ्गहरूले चिहाए ।  उनीहरूलाई अवहेलना भएको महसुस भयो ।

‘तीज त दिदी बहिनीका पीडा साट्न मनाइन्छ । हामी वृद्धहरूलाई केही खुवाएको भए के जान्थ्यो ?’ वृद्धाश्रमका एक वयोवृद्ध बोले । 

ह्विल चियरमाथि उठाउँदै मनमाया बोलिन्, ‘पैसा भएर मात्रै के गर्नु ? सही ठाउँमा प्रयोग नगरेपछि । हामीभन्दा बढी अपाङ्ग रहेछन् यी तीज मनाउनेहरू त । 

 हेलम्बु–६, सिन्धुपाल्चोक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बालकृष्ण गजुरेल
बालकृष्ण गजुरेल
लेखकबाट थप