नेपाली सेनाले माग्यो करार सेवामा चिकित्सक
आइतबार, ३१ भदौ २०८०, ०७ : ०८
काठमाडौं । नेपाली सेनाले करार सेवामा चिकित्सक माग गरेको छ । जंगी अड्डाले आइतबार सूचना जारी गरी नेपाली सेनाको सिरिया मिसनमा पठाउनका लागि जनरल सर्जन माग गरेको हो ।
योग्यता पुगेका इच्छुकले भदौ ३१ गतेबाट असोज १४ गतेसम्म जंगी अड्डामा निवेदन दिन सक्ने जंगी अड्डाले जानकारी दिएको छ । करार सेवा अवधि १ वर्षको रहने भनिएको छ ।