आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रामेछापको जलदेवी माविका अध्यक्ष खड्कासहित १०० जना माओवादी केन्द्रमा प्रवेश

आइतबार, ३१ भदौ २०८०, १३ : ०५
आइतबार, ३१ भदौ २०८०

रामेछाप । रामेछापको सुनापति गाउँपालिका–५ स्थित जलदेवी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम खड्का माओवादी केन्द्रमा प्रवेश गरेका छन् । खड्काको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरेर करिब १ सय जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन् ।

शनिवार सुनापति गाउँपालिकास्थित साँधिडाँडामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य पार्वती थापा, धावा लामा र प्रदेश सांसद युवराज चौलगाईंले उनीहरुलाई पार्टीमा स्वागत गरे । सुनापति गाउँपालिका वडा नम्बर–५ बाट बलराम खड्काको नेतृत्वमा ४० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सुनापति गाउँपालिकाको वडा नम्बर–२ र वडा नम्बर–३ बाट पनि धेरैले कांग्रेस परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले बताए ।

Party Prabesh @Sunapati 5.31 (2080)

सुनापति–५ स्थित खनियापानीबाट माओवादीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस गाउँपालिका समितिका सदस्य बलराम खड्का र तेजबहादुर श्रेष्ठसहित ४० जना छन् । बलराम खड्का जलदेवी मध्यमिक विद्यालयको नव निर्वाचित अध्यक्ष हुन् ।

खनियापानीबाट कांग्रेस परित्याग गर्नेहरमा राजु खड्का, ज्ञानकुमार श्रेष्ठ, आनन्द बुढाथोकी, मोतिराम श्रेष्ठ, कुमार खड्का, मेजर खड्का, अनिल तामाङ, डल्लीमाया श्रेष्ठ र लक्ष्मी श्रेष्ठसहित छन् । नेपाली कांग्रेस परित्याग गरेर प्रवेश गर्नेहरुलाई उपयुक्त जिम्मेवारी दिइने सुनापति गाउँपालिकाका अध्यक्ष तामाङले बताए । उनले भने–‘उहाँहरुको क्षमताको मूल्यांकन गरेर उचित जिम्मेवारी दिइने छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप