आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चेल्सी रोड रेसमा अनोज र सुष्मालाई स्वर्ण

आइतबार, ३१ भदौ २०८०, १४ : २४
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । अनोज खड्का र सुष्मा यादवले तेस्रो चेल्सी अन्तरविद्यालय रेड रेसमा आइतबार स्वर्ण जितेका छन् । ४.५ किलोमिटर दूरीको छात्रमा अनोज तथा छात्रामा सुष्मा पहिलो भएका हुन् । दुवै बूढानीलकण्ठ स्कुलका हुन् ।

चेल्सी वर्ल्ड स्कुलद्वारा आयोजित प्रतियोगितामा अनोजले निर्धारित दूरी १६.५१ मिनेटमा पूरा गरे । विजय बुढा मगर १६.५२ मिनेटमा दोस्रो तथा विवेक लामा १६.५३ मिनेटमा तेस्रो भए । विजय र विवेक पनि बूढानीलकण्ठकै हुन् ।

सुष्माले निर्धारित दूरी तय गर्न २१.४१ मिनेट समय खर्चिन् । २२.३७ मिनेटसाथ बूढानीकलकण्ठकी सुजाता केसी दोस्रो तथा २३.४० सेकेन्डमा दौड पूरा गरेकी हाइली क्रिएटिभकी शभ्यता खड्का तेस्रो बने ।

 प्रतियोगितामा बूढानीलकण्ठ समग्रमा टिम च्याम्पियन बन्यो । बूढानीलकण्ठले १९ अंक जोड्यो । विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल, कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर, चेल्सीका संस्थापक प्रिन्सिपल डा. सुधिरकुमार झा, चेल्सी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द आदित्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

 प्रतियोगितामा विभिन्न २० विद्यालयका ३ सय ५० प्रतिस्पर्धीको सहभागिता रहेको चेल्सीका इसीए इन्चार्ज राजन न्यौपानेले जनाएका छन् । दौड अत्तरखेलस्थित नेपाल मेडिकल कलेज चोकबाट सुरु विभिन्न भागको परिक्रमा गरी अत्तरखेलस्थित आयोजक चेल्सीको प्राङ्गणमा आएर टुङ्गिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप