आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेप्सेमा ४२ अंकको गिरावट, परिसूचक पुनः १९ सयको बिन्दुमा

आइतबार, ३१ भदौ २०८०, १५ : १३
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । गत साताको बुधबार ३९ अंकले बढेको नेप्से परिसूचक आज आइतबार ४२.१४ अंकले घटेर बन्द भएको हो ।

आज नेप्से परिसूचक कारोबार सुरु भएदेखि नै ओरालो लागेको थियो । नेप्सेमा सेयर बेच्नेहरुको घुँईचो लाग्दा परिसूचक उच्च अंकले घटेको हो । परिसूचक ४२ अंकले घट्दा आज २ अर्ब २ करोड ८४ लाख रुपैयाँ बराबरको  ५६ लाख ५९ हजार कित्ता सेयर किनबेच भएको छ ।

परिसूचक घटेपनि ११ कम्पनीको सेयर मूल्य बढेको छ । यसमध्ये शुभव पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । यसबाहेक, २१३ कम्पनीको सेयर मूल्य घट्दा ३ कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.२ञ्१ प्रतिशतले घटेको छ ।

परिसूचकमा उच्च अंकको गिरावट आउँदा कारोबार भएका सबै १३ वटै समूहमा गिरावट देखिएको छ । यसमध्ये आज जीवन बीमा समूहको सूचक ३२७ अंकले घटेको छ भने निर्जीवन बीमा समूहको सूचक २७७ अंकले घटेको छ । यस्तै, होटल र टुरिजम समूहको सूचक १८५ अंकले घट्दा व्यापार समूहको सूचक १०३ अंक र विकास बैंक समूहको सूचक ९८ अंकले घटेको छ ।

गत साताको बुधबार ३९ अंकले बढ्दै परिसूचक २००७ अंकमा पुगेको थियो । आज ४२ अंकले घटेसँगै परिसूचक पुनः १९ सय अंकमा आएको छ । गत साताको अन्तिम कारोबार दिन नेप्सेमा १ अर्ब ४९ करोड ५५ लाख रुपैयाँको कारोबार भएको थियो । जुन, आजको कारोबारको तुलनामा ५१ करोडले कम हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप