आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

विराटनगरका निश्चित क्षेत्रमा २ महिनासम्म सभा जुलुस गर्न नपाइने

आइतबार, ३१ भदौ २०८०, १७ : ५५
आइतबार, ३१ भदौ २०८०

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले असोज १ गतेदेखि निश्चित क्षेत्रमा २ महिनासम्म सभा जुलुस गर्न नपाइने जनाउँदै निषेधित क्षेत्र घोषणा गरेको छ ।  प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार एक सूचना जारी गर्दै विराटनगर महानगरपालिकालाई केन्द्रविन्दु राखि विविध समूहलगायतबाट विरोध, धर्ना, जुलुस आयोजना गरिएको जनाउँदै असोज १ गते बिहान ६ बजेदेखि २ महिना सम्मका लागि निषेधित क्षेत्र तोकेका हुन् ।

निषेधित क्षेत्र तोकेका स्थानहरुमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र, मुखयमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवासको ३ सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट ३ सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्व रहेको छ । 

उक्त स्थानमा सर्वसाधरण तथा सवारी साधन आवात जावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको हो । निषेधाज्ञाका उल्लंघन गरिए कानून अनुसार कारबाही हुने सूचनामा उल्लेख  छ । 

प्रदेश नं.१ पुनः नामाकरण संयुक्त संघर्ष समितिद्वारा २ गते विराटनगरमा वृहत मोटरसाइकल र्याली गर्ने जनाउँदै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप